सुन तस्करी प्रकरणबारे जानकारी लिन उपप्रधानमन्त्री श्रेष्ठ विमानस्थलमा

सुन तस्करी प्रकरणबारे जानकारी लिन उपप्रधानमन्त्री श्रेष्ठ विमानस्थलमा : Icon Khabar

काठमाडौं, साउन ५ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सय केजी सुन तस्करी प्रकरणबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेका छन् ।

श्रेष्ठसँगै नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र अध्यागमन विभागका प्रमुखहरू पनि त्रिभुवन भन्सार कार्यालय पुगेका थिए ।

गत बुधबार राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन भन्सार कार्यालयबाट तस्करी गरेको करिब एक सय किलो सुन बरामद गरेको थियो । यस प्रकरणमा तस्करी गरेको सुन बोकेको ट्याक्सीका चालकसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

Published Date: 21 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग