बजार शिथिल हुँदा बैंकहरुको कर्जा विस्तारमा कमी आयो, अब बजेटको लक्ष्य अनुसार मौद्रिक नीति आउँछ : गभर्नर

बजार शिथिल हुँदा बैंकहरुको कर्जा विस्तारमा कमी आयो, अब बजेटको लक्ष्य अनुसार मौद्रिक नीति आउँछ : गभर्नर : Icon Khabar

काठमाडौँ, साउन ५ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजार शिथिल हुँदा बैंकहरुको कर्जा विस्तारमा कमी आएको बताएका छन् । अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा बोल्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।

उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए । ‘कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागमा कमी आउनु हो’ उनले भने । बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सीआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको बताए ।करिब ६० अर्ब राष्ट्र बैकले खिचेको उनले बताए ।

ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको उनको भनाइ छ । साथै, गभर्नर अधिकारीले बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने उनले बताए ।

Published Date: 21 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर