बजार शिथिल हुँदा बैंकहरुको कर्जा विस्तारमा कमी आयो, अब बजेटको लक्ष्य अनुसार मौद्रिक नीति आउँछ : गभर्नर

बजार शिथिल हुँदा बैंकहरुको कर्जा विस्तारमा कमी आयो, अब बजेटको लक्ष्य अनुसार मौद्रिक नीति आउँछ : गभर्नर : Icon Khabar

काठमाडौँ, साउन ५ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजार शिथिल हुँदा बैंकहरुको कर्जा विस्तारमा कमी आएको बताएका छन् । अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा बोल्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।

उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए । ‘कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागमा कमी आउनु हो’ उनले भने । बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सीआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको बताए ।करिब ६० अर्ब राष्ट्र बैकले खिचेको उनले बताए ।

ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको उनको भनाइ छ । साथै, गभर्नर अधिकारीले बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न