‘हेलो सरकार’ चौबिसै घण्टा सञ्चालनको तयारी

‘हेलो सरकार’ चौबिसै घण्टा सञ्चालनको तयारी : Icon Khabar

काठमाडौँ, साउन ५ । सरकारले ‘हेलो सरकार’ लाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन चौबिसै घण्टा ‘हेलो सरकार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

यो सेवा हाल बिहान ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब चौबिसै घण्टा गुनासो सुन्ने व्यवस्था गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । हेलो सरकारको गुनासो सुन्न कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरेर प्रभावकारी बनाउने तयारी गरिएको प्रधानमन्त्री कार्यालयका सहसचिव गोकर्ण भट्टले बताए ।

सरकारले हेलो सरकारका उपसचिव प्रद्युम्न उपाध्यायको नेतृत्वमा हेलो सरकारको विषयमा अध्ययन गर्न समिति बनाएको थियो । अध्ययन समितिले एक महिना अध्ययन गरेर नीतिगत, संरचनागत, जनशक्ति, प्राविधिक व्यवस्थापन गरेर हेलो सरकार प्रभावकारी बनाउन सकिने सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न