दराजले घोषणा गर्‍यो ‘महाबचत बजार’, ७० प्रतिशतसम्म छुट पाइने

दराजले घोषणा गर्‍यो ‘महाबचत बजार’, ७० प्रतिशतसम्म छुट पाइने : Icon Khabar

काठमाडौँ, साउन ४ । `दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ।

यस अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको बताएको छ। दराजले अनलाइन सपिङमा अफरहरूको साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवाहरू प्रदान गर्ने कम्पनीकाे भनाइ छ।

दराजले इ–सेवा, आइएमइ पे र अन्य बैंकहरूमार्फत प्रि–पेमेन्टको पनि व्यवस्था गरेको छ। जसमा ग्राहकहरूले १० प्रतिशत छुट अधिकतम एक हजार रुपैयाँ र १५ प्रतिशत छुट अधिकतम १ हजार ५०० रुपैयाँ प्राप्त गर्न सक्ने बताइएको छ।

त्यसैगरी, यस अभियानको गिवअवे प्राइजमा पानासोनिक २७० एल इन्भर्टर, फ्रोर्स्ट फ्रि डवल डोर रेफ्रिजेरेटर, पानासोनिक ५५ इन्च फोरके एचडिआर स्मार्ट एन्ड्रोएड एलइडी टिभी र पानासोनिक ८० केजी फ्रन्ट लोड वासिङ मेसिन रहेको कम्पनीको भनाइ छ।

मेगा गिवअवे पुरस्कार जित्नको लागि ग्राहकले न्यूनतम तीन हजार पाँच सय रुपैयाँको प्रि–पेमेन्ट गर्नुपर्ने हुन्छ।

दराजकी मार्केटिङ हेड विधा प्रधानले यस महाबचत अभियानमा ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिइ बचत गर्न सकिने भएकाले दराज एपमा गई सपिङको मज्जा लिन ग्राहकहरूमा अनुरोध गरिन्।

Published Date: 20 July 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली