दराजले घोषणा गर्‍यो ‘महाबचत बजार’, ७० प्रतिशतसम्म छुट पाइने

दराजले घोषणा गर्‍यो ‘महाबचत बजार’, ७० प्रतिशतसम्म छुट पाइने : Icon Khabar

काठमाडौँ, साउन ४ । `दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ।

यस अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको बताएको छ। दराजले अनलाइन सपिङमा अफरहरूको साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवाहरू प्रदान गर्ने कम्पनीकाे भनाइ छ।

दराजले इ–सेवा, आइएमइ पे र अन्य बैंकहरूमार्फत प्रि–पेमेन्टको पनि व्यवस्था गरेको छ। जसमा ग्राहकहरूले १० प्रतिशत छुट अधिकतम एक हजार रुपैयाँ र १५ प्रतिशत छुट अधिकतम १ हजार ५०० रुपैयाँ प्राप्त गर्न सक्ने बताइएको छ।

त्यसैगरी, यस अभियानको गिवअवे प्राइजमा पानासोनिक २७० एल इन्भर्टर, फ्रोर्स्ट फ्रि डवल डोर रेफ्रिजेरेटर, पानासोनिक ५५ इन्च फोरके एचडिआर स्मार्ट एन्ड्रोएड एलइडी टिभी र पानासोनिक ८० केजी फ्रन्ट लोड वासिङ मेसिन रहेको कम्पनीको भनाइ छ।

मेगा गिवअवे पुरस्कार जित्नको लागि ग्राहकले न्यूनतम तीन हजार पाँच सय रुपैयाँको प्रि–पेमेन्ट गर्नुपर्ने हुन्छ।

दराजकी मार्केटिङ हेड विधा प्रधानले यस महाबचत अभियानमा ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिइ बचत गर्न सकिने भएकाले दराज एपमा गई सपिङको मज्जा लिन ग्राहकहरूमा अनुरोध गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 July 2023
Website | + posts