सलमान र बिग बोस ओटीटीको क्रिएटिभ टीमबीच धुम्रपानको फोटोका कारण विवाद

सलमान र बिग बोस ओटीटीको क्रिएटिभ टीमबीच धुम्रपानको फोटोका कारण विवाद : Icon Khabar

मुम्बई, साउन ४ । बिग बोस ओटीटीको सीजन २ ले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएको छ ।

बिग बोसको ओटीटी भर्सनलाई यो पटक सलमान खानले सञ्चालन गर्दैछन् । यद्यपि, सलमान खान यो हप्ता बिग बोस ओटीटी २ वीकेन्डको वार एपिसोड होस्ट गर्न पुगेनन् ।

सलमान खानको ठाउँमा यो हप्ता कृष्णा अभिषेकले कार्यक्रम सम्हालेका थिए । सलमान खानको अनुपस्थितपछि सामाजिक सञ्जालमा सलमानलाई बिग बोस सञ्चालन गर्न मन नलागेको हो कि भन्ने सोच्न थालेका छन् । सलमान र बिग बोस ओटीटीको क्रिएटिभ टीमबीच धुम्रपानको फोटोका कारण विवाद भएको थियो ।

बिग बोस ओटीटी २ पछिल्लो वीकेन्डको वार एपिसोडमा सलमानको हातमा चुरोट देखिएको थियो । कार्यक्रमका एडिटिङ टीमले उक्त दृष्य हटाउन बिर्सिएका थिए । जसकारण सलमानले चुरोट च्यापेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो ।

तर सलमानले बिग बोस छाड्न लागेको कुरा भने भ्रामक रहेको बताइएको छ । सलमान छिट्टै कार्यक्रममा फर्कने बताइन्छ ।

Published Date: 20 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग