सलमान र बिग बोस ओटीटीको क्रिएटिभ टीमबीच धुम्रपानको फोटोका कारण विवाद

सलमान र बिग बोस ओटीटीको क्रिएटिभ टीमबीच धुम्रपानको फोटोका कारण विवाद : Icon Khabar

मुम्बई, साउन ४ । बिग बोस ओटीटीको सीजन २ ले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएको छ ।

बिग बोसको ओटीटी भर्सनलाई यो पटक सलमान खानले सञ्चालन गर्दैछन् । यद्यपि, सलमान खान यो हप्ता बिग बोस ओटीटी २ वीकेन्डको वार एपिसोड होस्ट गर्न पुगेनन् ।

सलमान खानको ठाउँमा यो हप्ता कृष्णा अभिषेकले कार्यक्रम सम्हालेका थिए । सलमान खानको अनुपस्थितपछि सामाजिक सञ्जालमा सलमानलाई बिग बोस सञ्चालन गर्न मन नलागेको हो कि भन्ने सोच्न थालेका छन् । सलमान र बिग बोस ओटीटीको क्रिएटिभ टीमबीच धुम्रपानको फोटोका कारण विवाद भएको थियो ।

बिग बोस ओटीटी २ पछिल्लो वीकेन्डको वार एपिसोडमा सलमानको हातमा चुरोट देखिएको थियो । कार्यक्रमका एडिटिङ टीमले उक्त दृष्य हटाउन बिर्सिएका थिए । जसकारण सलमानले चुरोट च्यापेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो ।

तर सलमानले बिग बोस छाड्न लागेको कुरा भने भ्रामक रहेको बताइएको छ । सलमान छिट्टै कार्यक्रममा फर्कने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 July 2023
Website | + posts




ताजा
देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन
बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण