बरामद भएको सुनबारे आज अनुसन्धान हुँदै, सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान

बरामद भएको सुनबारे आज अनुसन्धान हुँदै, सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान : Icon Khabar

काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।

राजश्व अनुसन्धान विभागका अनुसार सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिनेछ । विभागले बरामद भएको सुन जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ । सुन हङङबाट आएको खुले पनि तस्करमा संलग्ग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र खुल्ने छ ।

सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना बुधबार राति नै पक्राउ परेका छन् । विमानस्थल पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बुधबार साँझ बरामद गरिएको थियो । नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ ।

यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।

Published Date: 20 July 2023


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग