बुधबार नेप्से परिसूचक सामान्य ११.१७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक सामान्य ११.१७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ३ । बुधबार नेप्से परिसूचक ११.१७ अंक बढेर २१६५.२४ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६० स्टकको ५१ हाजर ४४५ पटकको कारोबारमा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैयाँ बराबरको ८६ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेप्सेको वृद्धिलाई बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचकले टेवा दिएको छ। आज १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत बढेको छ। त्यसैगरी, आज बैंकिङ्ग उपसमूहको परिसूचक २.३१ प्रतिशत बढेको छ।

यी दुई उपसमूहका परिसूचक उच्च दरमा बढेसँगै आज नेप्से सकारात्मक भइ बन्द भएको हो। अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 July 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग