बुधबार नेप्से परिसूचक सामान्य ११.१७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक सामान्य ११.१७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ३ । बुधबार नेप्से परिसूचक ११.१७ अंक बढेर २१६५.२४ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६० स्टकको ५१ हाजर ४४५ पटकको कारोबारमा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैयाँ बराबरको ८६ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेप्सेको वृद्धिलाई बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचकले टेवा दिएको छ। आज १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत बढेको छ। त्यसैगरी, आज बैंकिङ्ग उपसमूहको परिसूचक २.३१ प्रतिशत बढेको छ।

यी दुई उपसमूहका परिसूचक उच्च दरमा बढेसँगै आज नेप्से सकारात्मक भइ बन्द भएको हो। अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

Published Date: 19 July 2023
ताजा
बुकाचो गढी : उपत्यकाको मनोरम दृश्यसँगै इतिहास र हिमाल अवलोकन गर्ने पर्यटकीय गन्तव्य (फोटो फिचर)
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


ट्रेन्डिङ
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो