कानमा इयरफोन लगाइराख्ने बानी छ ? सावधान

कानमा इयरफोन लगाइराख्ने बानी छ ? सावधान : Icon Khabar

काठमाडौँ, साउन ३ । प्रविधिले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । हामी दिनभर कुनै न कुनै उपकरण चलाइरहेका हुन्छौं । स्कूल, कलेज, अफिस होस् वा घर जहाँ पनि प्रविधि नभइ नहुने जस्तो भइसकेको छ ।

हामी कामका लागि मात्र नभएर मनोरञ्जनका लागि पनि विभिन्न उपकरण प्रयोग गरिरहन्छौं । विशेषगरी स्कूल कलेजका बच्चा धेरै मोबाइल तथा कानमा इयरफोन तथा हेडफोन प्रयोग गर्दछन् ।

संगीत सुन्न होस् वा गेम खेल्न वा अन्य केही कामका लागि पनि हामी बाहिरको हल्लाबाट बच्न तथा राम्रो आवाज सुन्नका लागि हेडफोन वा इयरफोनको प्रयोग गर्छौं । जसले कान तथा अन्य अंगमा पनि विभिन्न समस्याहरु निम्तिन सक्छन् । आउनुहोस् अब जानौं यसका नोक्सान तथा यसबाट बच्ने उपायहरुका बारेमा ।

हेडफोन लगाउँदा हुने समस्या

१. कानमा दुखाई : धेरै लामो समय हेडफोन लगाइरहँदा कान दुख्ने समस्या हुन्छ । लामो समय कानमा हेडफोन तथा इयरफोन लगाएर सुनिरहँदा सुस्त सुस्त कानमा विभिन्न समस्या देखिन थाल्छन् । धेरै चर्को आवाज बनाएर सुनिरहँदा कान नसुन्ने जस्तो समस्या पनि देखिन सक्छ । यसले मानसिक स्वास्थ्यमा पनि गलत असर गर्दछ ।

२. दिमागमा गलत असर : इयरफोनबाट इलेक्ट्रोम्याग्नेटिक किरणहरु निस्कन्छन् जसले तपाईंको कानलाई नोक्सान गर्नुका साथै दिमागमा पनि गलत असर गर्न सक्छ ।

३. कानमा संक्रमणको समस्या : प्रायः हामी घरमा होस् वा साथीभाईबीच इयरफोन साटेर वा मागेर प्रयोग गर्ने गर्दछौं । जसले गर्दा अन्य संक्रमण तपाईंको कानमा सर्ने सम्भावना हुन्छ । यसरी पनि कानमा संक्रमणको खतरा बढेर जान्छ ।

४. बहिरोपन : एक अध्ययनका अनुसार यदि कोही दिनमा दुई घण्टा भन्दा धेरै समय इयरफोनको प्रयोग गर्छ वा चर्को आवाजमा सुन्ने गर्दछ भने बहिरोपनको समस्या देखिन सक्छ । हाम्रो कानले सुन्ने क्षमता ९० डेसिबल मात्र हुन्छ जो लगातार गीत सुन्दा समयसँगै ४० देखि ५० डेसिबलसम्म कम हुँदै जान्छ । त्यसकारण कतिपय अवस्थामा मानिस बहिरोपनको सिकार पनि हुन सक्छ ।

कानलाई यसरी सुरक्षित राख्नुहोस् : लामो समयसम्म इयरफोनको प्रयोग गर्नबाट बच्नुहोस् । हेडफोनको प्रयोग गर्दा आवाज अलि सानो बनाएर सुन्ने कोसिस गर्नुहोस् । धेरै चर्को आवाजमा सुन्नबाट बच्नुहोस् । जो कोहीसँग हेडफोन वा इयरफोन साट्ने वा जस्को पनि आफूले प्रयोग गर्ने नगर्नुस् । यदि प्रयोग गर्नै परेमा डिभाइस पुछ्ने स्प्रेले सफा गरेर मात्र प्रयोग गर्नुहोस् ।

इयरफोनलाई कानको एकदमै भित्री भागसम्म छिराएर नसुन्नुहोस् । अलिकति बाहिरी भागमै त्यसलाई अट्काउने प्रयास गर्नुपर्छ ।एकदमै सस्तो तथा कम गुणस्तरको इयरफोन प्रयोग गर्नुहुँदैन । सकेसम्म अलि राम्रो र चलेको कम्पनीको इयरफोन नै प्रयोग गर्नुहोस् । पुरै दिनभरी इयरफोन लगाउनबाट बच्नुहोस् । दिनमा २, ३ घण्टा भन्दा धेरै इयरफोनको प्रयोग गर्नबाट बच्नुहोस् ।

Published Date: 19 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी