कानमा इयरफोन लगाइराख्ने बानी छ ? सावधान

कानमा इयरफोन लगाइराख्ने बानी छ ? सावधान : Icon Khabar

काठमाडौँ, साउन ३ । प्रविधिले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । हामी दिनभर कुनै न कुनै उपकरण चलाइरहेका हुन्छौं । स्कूल, कलेज, अफिस होस् वा घर जहाँ पनि प्रविधि नभइ नहुने जस्तो भइसकेको छ ।

हामी कामका लागि मात्र नभएर मनोरञ्जनका लागि पनि विभिन्न उपकरण प्रयोग गरिरहन्छौं । विशेषगरी स्कूल कलेजका बच्चा धेरै मोबाइल तथा कानमा इयरफोन तथा हेडफोन प्रयोग गर्दछन् ।

संगीत सुन्न होस् वा गेम खेल्न वा अन्य केही कामका लागि पनि हामी बाहिरको हल्लाबाट बच्न तथा राम्रो आवाज सुन्नका लागि हेडफोन वा इयरफोनको प्रयोग गर्छौं । जसले कान तथा अन्य अंगमा पनि विभिन्न समस्याहरु निम्तिन सक्छन् । आउनुहोस् अब जानौं यसका नोक्सान तथा यसबाट बच्ने उपायहरुका बारेमा ।

हेडफोन लगाउँदा हुने समस्या

१. कानमा दुखाई : धेरै लामो समय हेडफोन लगाइरहँदा कान दुख्ने समस्या हुन्छ । लामो समय कानमा हेडफोन तथा इयरफोन लगाएर सुनिरहँदा सुस्त सुस्त कानमा विभिन्न समस्या देखिन थाल्छन् । धेरै चर्को आवाज बनाएर सुनिरहँदा कान नसुन्ने जस्तो समस्या पनि देखिन सक्छ । यसले मानसिक स्वास्थ्यमा पनि गलत असर गर्दछ ।

२. दिमागमा गलत असर : इयरफोनबाट इलेक्ट्रोम्याग्नेटिक किरणहरु निस्कन्छन् जसले तपाईंको कानलाई नोक्सान गर्नुका साथै दिमागमा पनि गलत असर गर्न सक्छ ।

३. कानमा संक्रमणको समस्या : प्रायः हामी घरमा होस् वा साथीभाईबीच इयरफोन साटेर वा मागेर प्रयोग गर्ने गर्दछौं । जसले गर्दा अन्य संक्रमण तपाईंको कानमा सर्ने सम्भावना हुन्छ । यसरी पनि कानमा संक्रमणको खतरा बढेर जान्छ ।

४. बहिरोपन : एक अध्ययनका अनुसार यदि कोही दिनमा दुई घण्टा भन्दा धेरै समय इयरफोनको प्रयोग गर्छ वा चर्को आवाजमा सुन्ने गर्दछ भने बहिरोपनको समस्या देखिन सक्छ । हाम्रो कानले सुन्ने क्षमता ९० डेसिबल मात्र हुन्छ जो लगातार गीत सुन्दा समयसँगै ४० देखि ५० डेसिबलसम्म कम हुँदै जान्छ । त्यसकारण कतिपय अवस्थामा मानिस बहिरोपनको सिकार पनि हुन सक्छ ।

कानलाई यसरी सुरक्षित राख्नुहोस् : लामो समयसम्म इयरफोनको प्रयोग गर्नबाट बच्नुहोस् । हेडफोनको प्रयोग गर्दा आवाज अलि सानो बनाएर सुन्ने कोसिस गर्नुहोस् । धेरै चर्को आवाजमा सुन्नबाट बच्नुहोस् । जो कोहीसँग हेडफोन वा इयरफोन साट्ने वा जस्को पनि आफूले प्रयोग गर्ने नगर्नुस् । यदि प्रयोग गर्नै परेमा डिभाइस पुछ्ने स्प्रेले सफा गरेर मात्र प्रयोग गर्नुहोस् ।

इयरफोनलाई कानको एकदमै भित्री भागसम्म छिराएर नसुन्नुहोस् । अलिकति बाहिरी भागमै त्यसलाई अट्काउने प्रयास गर्नुपर्छ ।एकदमै सस्तो तथा कम गुणस्तरको इयरफोन प्रयोग गर्नुहुँदैन । सकेसम्म अलि राम्रो र चलेको कम्पनीको इयरफोन नै प्रयोग गर्नुहोस् । पुरै दिनभरी इयरफोन लगाउनबाट बच्नुहोस् । दिनमा २, ३ घण्टा भन्दा धेरै इयरफोनको प्रयोग गर्नबाट बच्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 July 2023
Website | + posts