अन्तिम खेलमा आज यूएई ‘ए’ सँग भिड्दै नेपाल

अन्तिम खेलमा आज यूएई ‘ए’ सँग भिड्दै नेपाल : Icon Khabar

काठमाडौं, साउन ३ । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज युएई ए विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १०ः १५ मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ । नेपालको यो अन्तिम खेल हो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँगा ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।

युएई ए लाई जितको कुनै दबाब छैन । पछिल्लो समय सिनियर टोलीेले नेपालसँग लगातार हार्दै आएको छ । दबाब नेपाललाई हुनेछ ।

दोस्रो रोजाईको टोलीलाई हराउन बाहेक अन्य कुनै विकल्प हुनेछैन । नेपालले आजको खेलमा आसिफ शेखलाई बेन्चमा राखेर अर्जुन साउदलाई मौका दिनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 July 2023
Website |  + posts
ताजा
पेट्रोलियम पदार्थको अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह
आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदै, निर्वाचन प्रचारप्रसार निषेध हुने
मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो