एपिएफलाई सोझो सेटमा हराउँदै पुलिस फाइनलमा

एपिएफलाई सोझो सेटमा हराउँदै पुलिस फाइनलमा : Icon Khabar

काठमाडौँ, असार २७ । नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जितका साथ फाइनलमा स्थान बनाएको छ । पुलिसले एफिएफलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले २५-१६, २५-१५ र २६-२४ को सोझो सेटमा हराएको हो । नेपाल पुलिसले पहिलो सेटमा सानदार सुरुवात गर्नेक्रममा ११(२ को अवस्थामा थियो । पुलिसले २५-१५ को सहज जित हात पार्यो ।

दोस्रो सेटमा एपीएफको सुरुवात राम्रो गरेको थियो । पुलिसले ९-१० को अवस्थाबाट लगातार १० अंक जोडेपछी सहज जित हात पारेको थियो । पुलिसले दोस्रो सेट २५-१५ को सहज जित हात पार्यो । तेस्रो सेटमा एपिएफले ५-० को सुरुवात गरेको थियो । एक समय १-६ को अवस्थामा रहेको पुलिसले ८-८ को बराबरि गरेको थियो ।

११-११ को बराबरीबाट एपिएफले लगातार ५ अंक जोडेको थियो । एपिएफ एक समय २४-२१ को अवस्थामा थियो । तर पुलिसले लगातार पाँच अंक बटुल्दै जित पक्का गर्यो । मनिषा चौधरीले अन्तिम दुई अंक सर्भिसबाट लगातार लिएकी थिइन् । उनी नै खेलको प्लेयर अफ द म्याच चुनिन् ।

पुलिस ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । पुलिसले अन्तिम खेल शुक्रबार न्यू डायमण्डसँग खेल्नेछ । न्यु डायमण्ड र एपिएफ मध्य एक अव फाइनलमा स्थान बनाउनेछन् । न्यु डायमण्ड ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । न्यु डायमण्डले बिहीबार एपिएफसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा एक खेल अगावै फाइनल खेल्नेछ ।

पराजित भएमा भने अन्तिम खेलमा पुलिसलाई हराउनु पर्ने हुन्छ । एपिएफ ४ खेलमा ३ मा जित र १ मा हारसहित ८ अंक भएपनि तेस्रो स्थानमा छ । तीन खेलमा २ अंक जोडेको आर्मी, समान तीन खेलमा जित विहीन गण्डकी र एभरेष्ट भने प्रतियोगिताबाट बाहिरि सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 July 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट