एपिएफलाई सोझो सेटमा हराउँदै पुलिस फाइनलमा

एपिएफलाई सोझो सेटमा हराउँदै पुलिस फाइनलमा : Icon Khabar

काठमाडौँ, असार २७ । नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जितका साथ फाइनलमा स्थान बनाएको छ । पुलिसले एफिएफलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले २५-१६, २५-१५ र २६-२४ को सोझो सेटमा हराएको हो । नेपाल पुलिसले पहिलो सेटमा सानदार सुरुवात गर्नेक्रममा ११(२ को अवस्थामा थियो । पुलिसले २५-१५ को सहज जित हात पार्यो ।

दोस्रो सेटमा एपीएफको सुरुवात राम्रो गरेको थियो । पुलिसले ९-१० को अवस्थाबाट लगातार १० अंक जोडेपछी सहज जित हात पारेको थियो । पुलिसले दोस्रो सेट २५-१५ को सहज जित हात पार्यो । तेस्रो सेटमा एपिएफले ५-० को सुरुवात गरेको थियो । एक समय १-६ को अवस्थामा रहेको पुलिसले ८-८ को बराबरि गरेको थियो ।

११-११ को बराबरीबाट एपिएफले लगातार ५ अंक जोडेको थियो । एपिएफ एक समय २४-२१ को अवस्थामा थियो । तर पुलिसले लगातार पाँच अंक बटुल्दै जित पक्का गर्यो । मनिषा चौधरीले अन्तिम दुई अंक सर्भिसबाट लगातार लिएकी थिइन् । उनी नै खेलको प्लेयर अफ द म्याच चुनिन् ।

पुलिस ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । पुलिसले अन्तिम खेल शुक्रबार न्यू डायमण्डसँग खेल्नेछ । न्यु डायमण्ड र एपिएफ मध्य एक अव फाइनलमा स्थान बनाउनेछन् । न्यु डायमण्ड ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । न्यु डायमण्डले बिहीबार एपिएफसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा एक खेल अगावै फाइनल खेल्नेछ ।

पराजित भएमा भने अन्तिम खेलमा पुलिसलाई हराउनु पर्ने हुन्छ । एपिएफ ४ खेलमा ३ मा जित र १ मा हारसहित ८ अंक भएपनि तेस्रो स्थानमा छ । तीन खेलमा २ अंक जोडेको आर्मी, समान तीन खेलमा जित विहीन गण्डकी र एभरेष्ट भने प्रतियोगिताबाट बाहिरि सकेका छन् ।

Published Date: 12 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु