प्रहरी जवानलाई पाता कसेर यातना दिएकोबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

प्रहरी जवानलाई पाता कसेर यातना दिएकोबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन : Icon Khabar

सिरहा, असार २७ ।  सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर (बाँधेर) यातना दिएको प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आज (बुधबार) प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा प्रहरी निरीक्षक राजकुमार कार्कीलगायतका अधिकृतहरू रहेका छन् ।

सिरहामा एक जना प्रहरी जवानलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको थियो । जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो । ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा उनीमाथि यातना दिएको उनका आफन्तको भनाइ छ । मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका आफन्तको आरोप छ ।

महोत्तरी घर भएका प्रहरी जवान राय यसअघि पनि निलम्बनमा परेका थिए । २०७५ सालमा प्रहरी जवानमा भर्ना भएका रायलाई २ वर्षअघि चोरीको आरोपमा सिरहामा नै हुँदा निलम्बन गरिएको थियो । यसअघि २०७८ सालमा सिरहाको लहानमा रक्सी चोरेको आरोपमा उनलाई निलम्बन गरिएको थियो । अहिले सार्वजनिक भएको भिडिओ सोमबार अपरान्हको हो ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्न इवा लिम्बुका अनुसार राय सवारी चालक हुन् । तर रक्सी खाएर गाडी चलाउने गरेपछि उनलाई सवारी चालकबाट अन्य डीयूटीमा खटाउन थालिएको थियो । अहिले सार्वजनिक भएको भिडियोमा पनि प्रहरी अधिकारीले उनलाई रक्सी पिएको छस् ? भनेर सोधेको सुनिन्छ । तर उनले रक्सी नपिएको र रक्सी पिएको भए जागिर नै छाड्ने जवाफ दिएका छन् ।

सोमबार साँझ गस्तीमा जाने टोलीमा उनलाई पनि समावेश गरिएको थियो । ड्युटी खटाउने अधिकारीसँग उनी फिल्डमा गस्ती हालेको भन्दै बाझेको एसपी लिम्बुले बताए । त्यसपछि उनी यस्ता जागिर सागिर खान्न बरु मर्छु भन्दै प्रहरी अधिकारीलाई गाली गर्दै बाहिर गए । गेटमा ड्युटीमा रहेका प्रहरीले पनि उनलाई रोक्न सकेनन्। गेट बाहिर गएपछि उनलाई अरु प्रहरी गएर पक्राउ गरेका थिए ।

पक्राउ गरेपछि उनी सजिलै भित्र आउन नमानेपछि हतकडी लगाएर कार्यालय भित्र ल्याइएको थियो । सोमबार साँझ उनलाई हिरासतमा राख्ने तयारी गरेपछि उनको भिडियो खिचिएको थियो । भिडियो पनि अर्का प्रहरी जवानले नै खिचेका थिए । हिरासतमा राख्नुअघि स्वास्थ्य परीक्षण गरियो, तर उनले रक्सी खाएको भने रिपोर्टमा देखिएन । सोमबार उनलाई हिरासतमा राखिएको थियो । मंगलबार हिरासतबाट छाडेपछि उनी ब्यारेकमा (प्रहरी निवास) गए । त्यसपछि उनले आफ्नो भिडिओ खिच्ने जवानको मोवाइलबाट आफ्नोमा पठाएर आफन्तमार्फत उक्त भिडियो सार्वजनिक गरेका थिए ।

Published Date: 12 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु