प्रहरी जवानलाई पाता कसेर यातना दिएकोबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

प्रहरी जवानलाई पाता कसेर यातना दिएकोबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन : Icon Khabar

सिरहा, असार २७ ।  सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर (बाँधेर) यातना दिएको प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आज (बुधबार) प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा प्रहरी निरीक्षक राजकुमार कार्कीलगायतका अधिकृतहरू रहेका छन् ।

सिरहामा एक जना प्रहरी जवानलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको थियो । जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो । ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा उनीमाथि यातना दिएको उनका आफन्तको भनाइ छ । मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका आफन्तको आरोप छ ।

महोत्तरी घर भएका प्रहरी जवान राय यसअघि पनि निलम्बनमा परेका थिए । २०७५ सालमा प्रहरी जवानमा भर्ना भएका रायलाई २ वर्षअघि चोरीको आरोपमा सिरहामा नै हुँदा निलम्बन गरिएको थियो । यसअघि २०७८ सालमा सिरहाको लहानमा रक्सी चोरेको आरोपमा उनलाई निलम्बन गरिएको थियो । अहिले सार्वजनिक भएको भिडिओ सोमबार अपरान्हको हो ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्न इवा लिम्बुका अनुसार राय सवारी चालक हुन् । तर रक्सी खाएर गाडी चलाउने गरेपछि उनलाई सवारी चालकबाट अन्य डीयूटीमा खटाउन थालिएको थियो । अहिले सार्वजनिक भएको भिडियोमा पनि प्रहरी अधिकारीले उनलाई रक्सी पिएको छस् ? भनेर सोधेको सुनिन्छ । तर उनले रक्सी नपिएको र रक्सी पिएको भए जागिर नै छाड्ने जवाफ दिएका छन् ।

सोमबार साँझ गस्तीमा जाने टोलीमा उनलाई पनि समावेश गरिएको थियो । ड्युटी खटाउने अधिकारीसँग उनी फिल्डमा गस्ती हालेको भन्दै बाझेको एसपी लिम्बुले बताए । त्यसपछि उनी यस्ता जागिर सागिर खान्न बरु मर्छु भन्दै प्रहरी अधिकारीलाई गाली गर्दै बाहिर गए । गेटमा ड्युटीमा रहेका प्रहरीले पनि उनलाई रोक्न सकेनन्। गेट बाहिर गएपछि उनलाई अरु प्रहरी गएर पक्राउ गरेका थिए ।

पक्राउ गरेपछि उनी सजिलै भित्र आउन नमानेपछि हतकडी लगाएर कार्यालय भित्र ल्याइएको थियो । सोमबार साँझ उनलाई हिरासतमा राख्ने तयारी गरेपछि उनको भिडियो खिचिएको थियो । भिडियो पनि अर्का प्रहरी जवानले नै खिचेका थिए । हिरासतमा राख्नुअघि स्वास्थ्य परीक्षण गरियो, तर उनले रक्सी खाएको भने रिपोर्टमा देखिएन । सोमबार उनलाई हिरासतमा राखिएको थियो । मंगलबार हिरासतबाट छाडेपछि उनी ब्यारेकमा (प्रहरी निवास) गए । त्यसपछि उनले आफ्नो भिडिओ खिच्ने जवानको मोवाइलबाट आफ्नोमा पठाएर आफन्तमार्फत उक्त भिडियो सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 July 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट