राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची : Icon Khabar

काठमाडौं, असार २६  । आज (मंगलबार) राष्ट्रियसभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ११ः०० बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार मंगलबारको बैठकमा बिनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालयमाथिकाे बजेट माथी छलफल हुनेछ।

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ।

Published Date: 11 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु