सेयर बजारमा सकारात्मक माहोल, लगानीकर्ता उत्साहित

सेयर बजारमा सकारात्मक माहोल, लगानीकर्ता उत्साहित : Icon Khabar

काठमाडौं, असार २४ । आइतबार नेप्से परिसूचक १.३८ प्रतिशत अर्थात २८.३८ अंक बढेर २०७७.७७ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ६.३५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक बढेको छ।

यस दिन २८७ स्टकको ७३ हजार ४४६ पटकको कारोबारमा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार रुपैयाँ बराबरको ८३ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सूचीकृत भएदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ३० रुपैयाँ १० पैसा बढेर ३३१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटि होटलको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर तामाकोशीको शेयरमूल्य यस दिन सर्वाधिक ६.६५ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्को १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 July 2023
Website | + posts