काठमाडौं, असार २४ । आइतबार नेप्से परिसूचक १.३८ प्रतिशत अर्थात २८.३८ अंक बढेर २०७७.७७ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ६.३५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक बढेको छ।
यस दिन २८७ स्टकको ७३ हजार ४४६ पटकको कारोबारमा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार रुपैयाँ बराबरको ८३ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सूचीकृत भएदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ३० रुपैयाँ १० पैसा बढेर ३३१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटि होटलको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर तामाकोशीको शेयरमूल्य यस दिन सर्वाधिक ६.६५ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
Published Date: 09 July 2023