उदय साकोसको ४ वर्षिय योजना एवम् वार्षिक नीति तथा कार्यक्रम तय

उदय साकोसको ४ वर्षिय योजना एवम् वार्षिक नीति तथा कार्यक्रम तय : Icon Khabar

भक्तपुर, असार २४ । उदय बचत तथा ऋण सहकारी संस्थाको ४ वर्षिय योजना तथा वार्षिक नीति तथा बजेटको तर्जुमा गत २२ र २३ गते संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त दुई दिने कार्यक्रममा संस्थाका उपाध्यक्ष न्हुछे बहादर प्रजापतिले ४ वर्षिय कार्य योजना प्रस्तुत गरे । संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले आर्थिक वर्ष २०८०/८१ को कार्ययोजना सहितको नीति तथा कार्यक्रम र अनुमानित बजेट पेश गरे।

संस्थाका सचिव दिल प्रसाद प्रजापतिले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले बृहत दफागत छलफल पश्चात योजना तथा नीतिलाई अन्तिम रुप दिए।

उनले प्रस्तुत बजेटमा उल्लेख गरिएको ४३ करोडको कूल सम्पति तथा वासलातलाई आगामी साधारणसभाबाट पारित गर्ने बताए।

सोही कार्यक्रममा ब्रतबन्ध, विबाह, चाडपर्व लगायत सामाजिक संस्कार तथा उच्च शिक्षा अध्ययनको नयाँ बचत नीति तय गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 July 2023




ताजा
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न
गएरातिदेखि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा हिमपात
रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान