उदय साकोसको ४ वर्षिय योजना एवम् वार्षिक नीति तथा कार्यक्रम तय

उदय साकोसको ४ वर्षिय योजना एवम् वार्षिक नीति तथा कार्यक्रम तय : Icon Khabar

भक्तपुर, असार २४ । उदय बचत तथा ऋण सहकारी संस्थाको ४ वर्षिय योजना तथा वार्षिक नीति तथा बजेटको तर्जुमा गत २२ र २३ गते संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त दुई दिने कार्यक्रममा संस्थाका उपाध्यक्ष न्हुछे बहादर प्रजापतिले ४ वर्षिय कार्य योजना प्रस्तुत गरे । संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले आर्थिक वर्ष २०८०/८१ को कार्ययोजना सहितको नीति तथा कार्यक्रम र अनुमानित बजेट पेश गरे।

संस्थाका सचिव दिल प्रसाद प्रजापतिले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले बृहत दफागत छलफल पश्चात योजना तथा नीतिलाई अन्तिम रुप दिए।

उनले प्रस्तुत बजेटमा उल्लेख गरिएको ४३ करोडको कूल सम्पति तथा वासलातलाई आगामी साधारणसभाबाट पारित गर्ने बताए।

सोही कार्यक्रममा ब्रतबन्ध, विबाह, चाडपर्व लगायत सामाजिक संस्कार तथा उच्च शिक्षा अध्ययनको नयाँ बचत नीति तय गर्ने निर्णय गरेको छ ।

Published Date: 09 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु