आँचल शर्मा पुगिन् साइबर ब्यूरो

आँचल शर्मा पुगिन् साइबर ब्यूरो : Icon Khabar

काठमाडौं, असार २४ । अभिनेत्री आँचल शर्माले आफूले भन्दै नभनेको विषयलाई लिएर सामाजिक सञ्जालमा गालीगलौज भएको भन्दै त्यसरी गालीगलोज गर्नेमाथि कानुनी कारबाहीका माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

उनले गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई–तीन दिनदेखि सामाजिक सञ्जालमा गाली खाइरहेको बताएकी छन् । उनले अब सहन नसक्ने भएको भन्दै कानुनी कारबाहीको बाटोमा जान बाध्य भएको बताएकी छन् ।

उनले आफूलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गुर्नहोस् भन्दै आक्रोश पोखेकी छन् । एक फेशन शोमा उनले प्रतियोगीको शरीरमाथि नराम्रो कमेन्ट गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

Published Date: 09 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु