आगामी साउन ५ गते भक्तपुरमा “अरुण थापा स्मृति साँझ २०८०” हुने

आगामी साउन ५ गते भक्तपुरमा “अरुण थापा स्मृति साँझ २०८०” हुने : Icon Khabar

भक्तपुर, असार २३ । रागरागीनी इन्टरटेन्मेन्ट प्रा. लिको आयोजनामा “अरुण थापा स्मृति साँझ २०८०” हुने भएको छ।

काठमाडौँ फन् भ्यालीको मुख्य प्रायोजनमा नेपाली सुगम संगीतका लोकप्रिय गायक स्वर्गीय अरुण थापाको २४औँ स्मृति दिवसको अवसरमा यही साउन ५ गते शुक्रबारका दिन “अरुण थापा स्मृति साँझ २०८०” हुने भएको हो ।

स्व गायक अरुण थापाका करिव एक दर्जन लोकप्रिय चर्चित गीतहरु राष्ट्रिय तथा स्थानीय चर्चित गायक गायिकाहरुद्वारा प्रस्तुत गरिने बताइएको सो कार्यक्रमका लागि अनलाइन मिडिया पार्टनर आइकन खबर डटकम, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, रेडियो पार्टनर भक्तपुर एफएम, फोटोग्राफी पार्टनर डाइनामिक मल्टिमिडिया प्रोडक्शन र प्राविधिक सहयोग एभरेष्ट इङ्ग्लिश स्कूलको रहनेछ।

साथै मिडिया पार्टनरमा अन्नपूर्ण पोष्ट दैनिक र संगीत संयोजन संगीत ग्राम गूरूकुलले गर्ने जनाइएको छ । सो साँझलाई भादगाउँ टेलिभिजन, भक्तपुर एफ एम १०५.४ मेगाहर्ज, रागरागीनी इन्टरटेन्मेन्टको आधिकारिक युट्युबबाट प्रत्यक्ष प्रशारण गरिनेछ । कार्यक्रममा चर्चित गायक गायिकाहरु अजर जंगम, निशा देशार, सानुमैंया ताम्राकार, एन्जिला सिंह, प्रनिल पलिखेल, रोजी श्रेष्ठ, दिनेश नेउपाने, सुनिल लोहला, कपिल कसपाल, श्रे अगस्ती, कल्पना श्रेष्ठ लगायतले अरुण थापाका गीतहरु गाउनेछन्।

उक्त कार्यक्रम भक्तपुर पलाँसेस्थित काठमाडौँ फन् भ्यालीमा हुने रागरागीनी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक कपिल कसपालले जानकारी दिए।

Published Date: 08 July 2023




ताजा
भक्तपुरमा एक महिनामै १९४ मुद्दा दर्ता, बैंकिङ कसुर र लागूऔषध अपराध चिन्ताजनक
असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर, १३१ कम्पनीका सेयरमूल्यमा गिरावट
लियोनेल मेसीः विश्वकपका कीर्तिमानहरुमा हक जमाउँदै र थप पछ्याउँदै


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न