सातामा साढे ४ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

सातामा साढे ४ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो? : Icon Khabar

काठमाडौं, असार २३ । यस साता नेप्से परिसूचक साढे ४ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २१५०.९९ विन्दुमा बन्द भएको नेप्से यस साता ४.७२ प्रतिशत अर्थात १०१.६१ अंक घटेर २०४९.३८ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो। यस साताको मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ५.११ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ४.९२ प्रतिशत र सेन्सेटिभ इण्डेक्स ५.०५ प्रतिशत घटेको छ।

यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३८.५५ प्रतिशत कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३२.१५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २४.४४ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण साढे ४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ४१ अर्ब रुपैयाँ घटेर ३० खर्ब ८ अर्बमा सीमित भएको छ।

यस साता १३ उपसमूहको परिसूचकमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५० प्रतिशत बढेको छ। घटेका १२ उपसमूहमध्ये यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ७.५१ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७४९.८० अंक घटेको छ।

Published Date: 08 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु