सातामा साढे ४ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

सातामा साढे ४ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो? : Icon Khabar

काठमाडौं, असार २३ । यस साता नेप्से परिसूचक साढे ४ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २१५०.९९ विन्दुमा बन्द भएको नेप्से यस साता ४.७२ प्रतिशत अर्थात १०१.६१ अंक घटेर २०४९.३८ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो। यस साताको मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ५.११ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ४.९२ प्रतिशत र सेन्सेटिभ इण्डेक्स ५.०५ प्रतिशत घटेको छ।

यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३८.५५ प्रतिशत कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३२.१५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २४.४४ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण साढे ४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ४१ अर्ब रुपैयाँ घटेर ३० खर्ब ८ अर्बमा सीमित भएको छ।

यस साता १३ उपसमूहको परिसूचकमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५० प्रतिशत बढेको छ। घटेका १२ उपसमूहमध्ये यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ७.५१ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७४९.८० अंक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 July 2023
Website | + posts