अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला : Icon Khabar

काठमाडौं, असार २२ । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुलमा रहेको आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले जानकारी दिएका छन् । उनले घरको छिंडीमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका रेग्मीले जानकारी दिए । बुबा आमासँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् ।

सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’ मा काम गरिरहेका थिए । फिल्म हाल छायाङ्कनमा छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । ‘बिहीबार बिहानसम्म सुटिङ गरेर फर्किएका हिरोको अचानक बेलुका यस्तो खबर आएपछि हामी सारुकको घर पुगेको थियौ’, रेग्मीले भने ‘उहाँको निधनले हामी निकै दुःखी छौ ।’

सारुको शवलाई पोष्ट मार्टमका लागि राति नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको रेग्मीले जानकारी दिए । ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाँचे’ लगायत चलचित्रमा अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’ को ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2023
Website | + posts