लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित : Icon Khabar

लुम्बिनी, असार २१ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले स्वीकृत भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

प्रदेश सभामा अर्थमन्त्री धनबहादुर मास्कीले कार्यकारिणी बजेट प्रस्ताव पारित गर्न विचार गरियोस् भनी विधेयक प्रस्तुत गरेका थिए ।

सभामुख तुलाराम घर्तीले बजेट प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले पारित गरेको घोषणा गरे ।

अर्थमन्त्रीले सरकारको तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि करिब ४० अर्ब ४७ करोड ९० लाख रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै आएको छ । जसका कारण लगातार चार दिनसम्म प्रदेशसभा अवरुद्ध भएको थियो ।

मंगलबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख प्रतिपक्षी दलका नेताबीचको वार्तापछि प्रदेशसभाको बैठकले कामकाज जारी राखेको थियो ।

लुम्बिनी प्रदेश सरकारले आवर्ती वर्गतर्फ १३ अर्ब ६३ करोड ३३ लाख (३३.६८ प्रतिशत), पुँजीगत वर्गतर्फ २३ अर्ब २५ करोड ६९ लाख र वित्तीय व्यवस्थापनतर्फ ३ अर्ब ५८ करोड (८.८७ प्रतिशत) बजेट ल्याएको छ ।

Published Date: 06 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी