लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित : Icon Khabar

लुम्बिनी, असार २१ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले स्वीकृत भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

प्रदेश सभामा अर्थमन्त्री धनबहादुर मास्कीले कार्यकारिणी बजेट प्रस्ताव पारित गर्न विचार गरियोस् भनी विधेयक प्रस्तुत गरेका थिए ।

सभामुख तुलाराम घर्तीले बजेट प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले पारित गरेको घोषणा गरे ।

अर्थमन्त्रीले सरकारको तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि करिब ४० अर्ब ४७ करोड ९० लाख रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै आएको छ । जसका कारण लगातार चार दिनसम्म प्रदेशसभा अवरुद्ध भएको थियो ।

मंगलबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख प्रतिपक्षी दलका नेताबीचको वार्तापछि प्रदेशसभाको बैठकले कामकाज जारी राखेको थियो ।

लुम्बिनी प्रदेश सरकारले आवर्ती वर्गतर्फ १३ अर्ब ६३ करोड ३३ लाख (३३.६८ प्रतिशत), पुँजीगत वर्गतर्फ २३ अर्ब २५ करोड ६९ लाख र वित्तीय व्यवस्थापनतर्फ ३ अर्ब ५८ करोड (८.८७ प्रतिशत) बजेट ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2023
Website | + posts




ताजा
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस
अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित