नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालद्वारा बुधबार श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालद्वारा बुधबार श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता : Icon Khabar

काठमाडौं, असार २१ । श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विविध पक्षमा छलफल भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ ।

त्यसैगरी अध्यक्ष नेपालले बुधबार साँझ श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र एसियाली मुलुकका विकासका विषयमा छलफल भएको थियो ।

श्रीलङ्काको कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवस समारोहमा सहभागी हुन र दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी हुन नेपाल सोमबार श्रीलंका प्रस्थान गरेको छ ।

Published Date: 06 July 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक