नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालद्वारा बुधबार श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालद्वारा बुधबार श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता : Icon Khabar

काठमाडौं, असार २१ । श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विविध पक्षमा छलफल भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ ।

त्यसैगरी अध्यक्ष नेपालले बुधबार साँझ श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र एसियाली मुलुकका विकासका विषयमा छलफल भएको थियो ।

श्रीलङ्काको कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवस समारोहमा सहभागी हुन र दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी हुन नेपाल सोमबार श्रीलंका प्रस्थान गरेको छ ।

Published Date: 06 July 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास