बुधबारबाट काठमाडौँमा ‘दुई दिने कार्टुन कला कार्यशाला’ सुरु

बुधबारबाट काठमाडौँमा ‘दुई दिने कार्टुन कला कार्यशाला’ सुरु : Icon Khabar

काठमाडौँ, असार २१ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनमा ‘दुई दिने कार्टुन कला कार्यशाला’ बुधबारबाट सुरु भएको छ ।

कार्यशालाको उद्घाटन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले गरे । कार्यक्रममा प्रतिष्ठानका वास्तुुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, अग्रज कलाकार अशोकमान सिं र शरद रञ्जितसँगै कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष एवम् प्राज्ञसभा सदस्य बासु क्षितिज, महासचिव रवि मिश्र, कोषाध्यक्ष रविन्द्र मानन्धर, निवर्तमान अध्यक्ष अविन श्रेष्ठका साथै कार्टुनिष्ट राजेश के.सी.लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोेहमा बोल्दै कार्यक्रमका संयोजक प्राज्ञ सौरगंगा दर्शनधारीले कार्टुन कार्यशाला गर्ने पहिलेदेखि नै आफ्नो इच्छा भएको र अहिले यसलाई मूर्तरुप दिन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए । उनले भने,‘आउँदा दिनहरुमा कार्टुनिष्ट क्लब अफ नेपालसँग अझ थप कार्यक्रमहरु गर्दै जानेछौं ।’ कार्टुनिष्ट शरद रञ्जितले कार्टुनकला सिक्दा आफ्नो अध्ययनलाई समेत निरन्तरता दिनुपर्ने र यसक्षेत्रमा दत्तचित्त भएर लाग्नसके पेसागत रुपमा पनि निकै नै राम्रो हुने धारणा राखे ।

उनले भने, ‘कार्टुन कलाले समाज र राष्ट्रमा समेत ज्यादै नै महत्वपूर्ण भूमिका खेल्ने भएकोले यस कलाको समय सापेक्ष विकास हुनपनि अत्यन्तै आवश्यक रहेको छ ।’ कार्टुनिष्ट क्लबका संस्थापक अध्यक्ष एवम कार्यक्रमका विशेष अतिथि अशोकमान सिंले यस कार्यशालामा सहभागी सबैले केही नयाँ सिक्ने अवसर पाउने भन्दै त्यो नै सबैभन्दा ठूलो उपलब्धि भएको बताए।

उनले भने, ‘कार्टुनकलामा सबैको शैली बेग्लै हुने भएकोले यस कलामा निपुणताका लागि अभ्यास ज्यादै नै महत्वपूूर्ण हुन्छ । कार्टुनिष्ट क्लबका कोषाध्यक्ष एवम् कार्यशालाका प्रशिक्षक रविन्द्र मानन्धरले यस कार्यशालामा आफूले जानेका कुरा अन्य कलाकारहरुलाई सिकाउन र उहाँहरुबाट अरु जानकारी लिनपाउँदा निकै खुसी लागेको बताए ।

उनले भने, ‘यस कार्यशाला व्यङ्ग्यचित्रसम्बन्धी भएकोले समाजका विसंगती एवम नकरात्मक कुरालाई व्यङ्ग्यमार्फत दर्साइ सामाजिक चेतना जगाउने काम समेत गर्दछ ।’

कार्टुनिष्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले यो कार्टुनिष्ट क्लब अफ नेपाल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संयुक्त कार्यक्रम भएको बताउँदै यस कार्यशालामा सबैबाट आ–आफ्ना शैली र प्रविधिका कुराहरुको आदानप्रदान हुने भएकाले यसलाई सबैले मिलेर गर्ने र एकआपसमा सहयोग गर्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कार्टुुनिष्टले कार्टुनकला मार्फत समाजको विसंगति, विकृति एवम आर्थिक, सामाजिक, राजनीतिक र अन्य विविध पक्षहरुलाई चित्रण गर्नेभएकोले यस कलाको ज्यादै नै महत्वपूर्ण भूूमिका रहेको बताए। उनले नेपालमा कार्टुनिष्टहरु निकै नै कम भएको हुुनाले आफ्नो दक्षता एवम खुुबी देखाउन सके कार्टुुनकलाबाट आफ्नो जीविकोपार्जनमा समेत सहज हुने बताए ।

उनले भने, ‘कार्टुुन बनाउँदा कुुनै व्यक्ति वा संस्थाको चाकरी गर्ने खालको नभएर त्यसको जे–जस्तो सत्यतथ्य छ त्यसलाई निष्पक्ष ढङ्गबाट देखाउनुुपर्छ ।’ यस कार्यशालामा सहभागी २४ कलाकारहरुलाई शुभकामना दिँदै उहाँले कार्यशालाबाट धेरै कुुराको जानकारी लिई कार्टुुनकलाको क्षेत्रमा लाग्न प्रेरित गरे । कार्यशालामा योगेश खपाङ्गी र अविन श्रेष्ठले कार्टुुनकाबारे डेमोनेस्ट्रेसन दिनुभएको थियो । कार्यशालाको बिहीबार समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2023
Website | + posts