घोराही सिमेन्टको आइपीओ पुनः बिक्री खुला हुने

घोराही सिमेन्टको आइपीओ पुनः बिक्री खुला हुने : Icon Khabar

काठमाडौं, असर २० । घोराही सिमेन्टको प्राथमिक सेयर (आइपीओ) पुनः बिक्री खुला हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्श निकालेको छ । आइपीओ प्रकरण माथि अध्ययन गर्न नेपाल धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिले अध्ययन प्रतिवेदन बुझाएसँगै बोर्ड उक्त निष्कर्श निकालेको हो ।

धितोपत्र बोर्डले कम्पनीको आइपीओमा यसअघि आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्ध गर्नसक्ने सम्मको व्यवस्था गरेको जनाएको छ । धितोपत्र बोर्डले कम्पनीको आइपीओमा यसअघि आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्ध गर्नसक्ने सम्मको व्यवस्था गरेको जनाएको छ ।

यसका लागि निष्कासन तथा बिक्री प्रबन्धकले सूचना जारी तीन दिनको समय दिने धितोपत्र बोर्डले जनाएको छ । अब यस कम्पनीले ३ दिनदेखि ७ दिनसम्म मात्रै आइपीओ बिक्री खुला गर्न पाउने बोर्डको भनाइ छ ।

यस कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 July 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु