एसईईको नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने

एसईईको नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने : Icon Khabar

काठमाडौं, असार १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार शुक्रबारसम्ममा नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ ।

उनले भने , “अहिले परीक्षाफल प्रकाशित गर्नका लागि अन्तिम तयारी भइरहेको छ । शुक्रबार (साउन २२) सम्म परीक्षाफल सार्वजनिक गर्छौँ ।”

एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार प्रकाशित गर्ने भन्ने यकिन भएको छैन । गत वर्ष चैत १७ देखि २९ गतेसम्म एसईई परीक्षा भएको थियो । ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रमा सम्पन्न भएको परीक्षामा पाँच लाख विद्यार्थी सहभागी थिए ।

Published Date: 02 July 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु