सन्दीप र करणको उत्कृष्ट बलिङमा नेपाललाई मध्यम लक्ष्य

सन्दीप र करणको उत्कृष्ट बलिङमा नेपाललाई मध्यम लक्ष्य : Icon Khabar

काठमाडौँ, असार १७ । स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङसँगै आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भयो ।

युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डविरुद्ध घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले आसिफ खानलाई ओपनिङ पठाएको थियो । मध्यक्रमका ब्याटर आसिफ नेपालविरुद्ध पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट भए ।

उनी तीव्र गतिका बलर करण केसीको बलमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच हुन पुगेका थिए । ओपनरलाई दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै उक्त साझेदारी तोडेका थिए । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।

सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै दबाब बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पाँचौं विकेटका लागि रोहन मुस्तफा र बासिल हामिदले ५८ रनको साझेदारी गरेका थिए ।

एक समय युएई ३९.२ ओभरमा १५५-४ को अवस्थामा थियो । करण केसीको बाउन्सर बलमा रोहन मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगे । मुस्तफाले ५६ बलमा ३ चौकासहित ३५ रन बनाए । मुस्तफा आउट भएपछि बाँकी ४ विकेट मात्रै २३ रन जोड्दा गुमाएपछि ूठूलो योगफलको सम्भावना सकिएको थियो । युएईले अन्तिम ६ विकेट मात्रै २६ रन बनाउन गुमाएपछि ठूलो योगफल बनाउनबाट चुकेको हो ।

बासिल हामिद दीपेन्द्रको बलमा करणबाट २९ रनमा समातिन पुगे । हामिदले ३५ बलमा २ चौका प्रहार गरे । रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा अल आउट गरेपछि नेपाल खेलमा पुरै हाबी बनेका थिए । सन्दीपले सन्चित शर्मालाई १२ रनमा क्याच गराए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरे ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल यस खेलमा विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड्सँग खेल्नेछ । यदि पराजित भएमा नेपालले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 July 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने