सन्दीप र करणको उत्कृष्ट बलिङमा नेपाललाई मध्यम लक्ष्य

सन्दीप र करणको उत्कृष्ट बलिङमा नेपाललाई मध्यम लक्ष्य : Icon Khabar

काठमाडौँ, असार १७ । स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङसँगै आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भयो ।

युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डविरुद्ध घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले आसिफ खानलाई ओपनिङ पठाएको थियो । मध्यक्रमका ब्याटर आसिफ नेपालविरुद्ध पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट भए ।

उनी तीव्र गतिका बलर करण केसीको बलमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच हुन पुगेका थिए । ओपनरलाई दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै उक्त साझेदारी तोडेका थिए । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।

सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै दबाब बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पाँचौं विकेटका लागि रोहन मुस्तफा र बासिल हामिदले ५८ रनको साझेदारी गरेका थिए ।

एक समय युएई ३९.२ ओभरमा १५५-४ को अवस्थामा थियो । करण केसीको बाउन्सर बलमा रोहन मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगे । मुस्तफाले ५६ बलमा ३ चौकासहित ३५ रन बनाए । मुस्तफा आउट भएपछि बाँकी ४ विकेट मात्रै २३ रन जोड्दा गुमाएपछि ूठूलो योगफलको सम्भावना सकिएको थियो । युएईले अन्तिम ६ विकेट मात्रै २६ रन बनाउन गुमाएपछि ठूलो योगफल बनाउनबाट चुकेको हो ।

बासिल हामिद दीपेन्द्रको बलमा करणबाट २९ रनमा समातिन पुगे । हामिदले ३५ बलमा २ चौका प्रहार गरे । रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा अल आउट गरेपछि नेपाल खेलमा पुरै हाबी बनेका थिए । सन्दीपले सन्चित शर्मालाई १२ रनमा क्याच गराए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरे ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल यस खेलमा विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड्सँग खेल्नेछ । यदि पराजित भएमा नेपालले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।

Published Date: 02 July 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता