आइतबार नेप्से परिसूचक ५३.७० अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५३.७० अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार १७ । आइतबार नेप्से परिसूचक ५३.७० अंक घटेर २०९७.२९ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको कारोबार भएको बजारमा आज २८६ स्टकको ७४ हजार ४४१ पटकको कारोबारमा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७५ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 02 July 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु