आइतबार नेप्से परिसूचक ५३.७० अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५३.७० अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार १७ । आइतबार नेप्से परिसूचक ५३.७० अंक घटेर २०९७.२९ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको कारोबार भएको बजारमा आज २८६ स्टकको ७४ हजार ४४१ पटकको कारोबारमा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७५ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 July 2023
Website | + posts