छालाको चाउरीपनाबाट जोगिन नाइटोमा नियमित तेल हाल्नुहोस

छालाको चाउरीपनाबाट जोगिन नाइटोमा नियमित तेल हाल्नुहोस : Icon Khabar

काठमाडौँ, असार १७ । पुरानो समयमा बजार आजको जस्तो छाला हेरचाह गर्ने उत्पादनले भरिपूर्ण थिएन। त्यसबेला मानिसहरूले छाला र स्वास्थ्यको लागि घरेलु र आयुर्वेदिक व्यञ्जनहरू प्रयोग गर्थे।

नाइटोमा (बेली बटन) मा तेल हाल्दा धेरै फाइदा हुन्छ। नाभिमा तेल लगाउनुलाई नाभि उपचार भनिन्छ र यसको फाइदा पाचन, रोग प्रतिरोधात्मक क्षमता र छालामा देखिन्छ। यसका अतिरिक्त, यो आयुर्वेदिक तरिकाको सबैभन्दा बढी फाइदा छालामा उपलब्ध हुन्छ।

यो तेललाई हल्का तताउनुहोस्। यसरी तताईएको तेल धेरै तातो भने हुनु हुँदैन । राति सुत्नुअघि नाभि (नाइटो) मा २ देखि ३ थोपा तेल हाल्नुहोस् । यो दैनिक रुपमा गर्नुहोस् । सो गर्दा छालालाई आन्तरिक रूपमा हाइड्रेसन प्राप्त हुन्छ र नाभीमा तेल हाल्दा छालाको चाउरीपना हटाउन र छालालाई स्वस्थ राख्न पनि फाइदा हुन्छ।

नरिवलको तेलमा एन्टी फंगल गुण हुन्छ, जसले नाइटोलाई सफा गर्दछ भने इन्फेक्सन हुनवाट पनि रोक्दछ । यसबाहेक, नरिवलको तेलमा प्रचुर मात्रामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ र यसले नाभिको रातोपन कम गर्छ।

नाभि प्रायः शरीरको एक भाग हो जसलाई मानिसहरूले बेवास्ता गर्छन् र सही तरिकाले सफा गर्न बिर्सन्छन्। यस्तोमा अवस्थामा नरिवलको तेल नाइटोमा हाल्दा चिन्ता पनि दुर हुन्छ । जलन र सोइलिङबाट छुटकारा पाउन र निको पार्ने गुणहरू प्राप्त गर्न नाभिमा नरिवलको तेल हाल्नु लाभदायक हुन्छ।

Published Date: 02 July 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु