छालाको चाउरीपनाबाट जोगिन नाइटोमा नियमित तेल हाल्नुहोस

छालाको चाउरीपनाबाट जोगिन नाइटोमा नियमित तेल हाल्नुहोस : Icon Khabar

काठमाडौँ, असार १७ । पुरानो समयमा बजार आजको जस्तो छाला हेरचाह गर्ने उत्पादनले भरिपूर्ण थिएन। त्यसबेला मानिसहरूले छाला र स्वास्थ्यको लागि घरेलु र आयुर्वेदिक व्यञ्जनहरू प्रयोग गर्थे।

नाइटोमा (बेली बटन) मा तेल हाल्दा धेरै फाइदा हुन्छ। नाभिमा तेल लगाउनुलाई नाभि उपचार भनिन्छ र यसको फाइदा पाचन, रोग प्रतिरोधात्मक क्षमता र छालामा देखिन्छ। यसका अतिरिक्त, यो आयुर्वेदिक तरिकाको सबैभन्दा बढी फाइदा छालामा उपलब्ध हुन्छ।

यो तेललाई हल्का तताउनुहोस्। यसरी तताईएको तेल धेरै तातो भने हुनु हुँदैन । राति सुत्नुअघि नाभि (नाइटो) मा २ देखि ३ थोपा तेल हाल्नुहोस् । यो दैनिक रुपमा गर्नुहोस् । सो गर्दा छालालाई आन्तरिक रूपमा हाइड्रेसन प्राप्त हुन्छ र नाभीमा तेल हाल्दा छालाको चाउरीपना हटाउन र छालालाई स्वस्थ राख्न पनि फाइदा हुन्छ।

नरिवलको तेलमा एन्टी फंगल गुण हुन्छ, जसले नाइटोलाई सफा गर्दछ भने इन्फेक्सन हुनवाट पनि रोक्दछ । यसबाहेक, नरिवलको तेलमा प्रचुर मात्रामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ र यसले नाभिको रातोपन कम गर्छ।

नाभि प्रायः शरीरको एक भाग हो जसलाई मानिसहरूले बेवास्ता गर्छन् र सही तरिकाले सफा गर्न बिर्सन्छन्। यस्तोमा अवस्थामा नरिवलको तेल नाइटोमा हाल्दा चिन्ता पनि दुर हुन्छ । जलन र सोइलिङबाट छुटकारा पाउन र निको पार्ने गुणहरू प्राप्त गर्न नाभिमा नरिवलको तेल हाल्नु लाभदायक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 July 2023
Website | + posts