नेपालको राम्रो बलिङ प्रदर्शन

नेपालको राम्रो बलिङ प्रदर्शन : Icon Khabar

काठमाडौं, असार १७ ।नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध राम्रो बलिङ प्रदर्शन गरेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय १ रन बनाएको छ ।

युएईका रोहन मुस्तफा ८ र बासिल हामिद २ रनमा क्रिजमा छन् । नेपालका तीव्र गतिका बलर करण केसी पहिलो ओभरको दोस्रो बलमै ओपनर आसिफ खानलाई शून्यमा पेभेलिएन फर्काएका थिए ।

आसिफ एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच आउट हुन पुगेका थिए । नियमित ओपनर तथा कप्तान मोहम्मद वासिम चोटका कारण यस खेलमा छैनन् । वासिम नहुँदा आसिफलाई ओपनिङ पठाएको थियो ।

दोस्रो विकेटका लागि अर्यांश शर्मा र कप्तान वृत्यले ६४ रनको साझेदारी गरेका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।

सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गरेका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई ४४ रनमा बोल्ड गर्दै युएईलाई २७.३ ओभरमा ९७-४ को अवस्थामा पुगेको थियो ।

वृत्य ७५ बलमा ४ चौका प्रहार गरे । नेपालले सातौं स्थानको लागि युएईसँग प्रतिस्पर्धा गरेको छ । नेपाल विजयी भएमा आयरल्यान्डसँग सातौं र पराजित भएमा अमेरिकासँग नवौं स्थानको लागि भिड्नेछ ।

Published Date: 02 July 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु