नेपालको राम्रो बलिङ प्रदर्शन

नेपालको राम्रो बलिङ प्रदर्शन : Icon Khabar

काठमाडौं, असार १७ ।नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध राम्रो बलिङ प्रदर्शन गरेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय १ रन बनाएको छ ।

युएईका रोहन मुस्तफा ८ र बासिल हामिद २ रनमा क्रिजमा छन् । नेपालका तीव्र गतिका बलर करण केसी पहिलो ओभरको दोस्रो बलमै ओपनर आसिफ खानलाई शून्यमा पेभेलिएन फर्काएका थिए ।

आसिफ एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच आउट हुन पुगेका थिए । नियमित ओपनर तथा कप्तान मोहम्मद वासिम चोटका कारण यस खेलमा छैनन् । वासिम नहुँदा आसिफलाई ओपनिङ पठाएको थियो ।

दोस्रो विकेटका लागि अर्यांश शर्मा र कप्तान वृत्यले ६४ रनको साझेदारी गरेका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।

सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गरेका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई ४४ रनमा बोल्ड गर्दै युएईलाई २७.३ ओभरमा ९७-४ को अवस्थामा पुगेको थियो ।

वृत्य ७५ बलमा ४ चौका प्रहार गरे । नेपालले सातौं स्थानको लागि युएईसँग प्रतिस्पर्धा गरेको छ । नेपाल विजयी भएमा आयरल्यान्डसँग सातौं र पराजित भएमा अमेरिकासँग नवौं स्थानको लागि भिड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 July 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न