सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण गर्नुपर्छ: सभामुख घिमिरे

सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण गर्नुपर्छ: सभामुख घिमिरे : Icon Khabar

काठमाडौं, असार १६ । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताएको छ ।आज काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

सभामुख घिमिरेले सञ्चार क्षेत्रको महत्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने धारणा राखे। उनले सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने बताए। उनले सञ्चारमाध्यमको महत्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

सभामुख घिमिरेले सभामुखको भुमिका प्रभावकारी बनाउन र संसद्लाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्नेकुरामा आफूले महत्त्वपूर्ण भुमिका खेल्नेकुरामा बढी ध्यान दिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 July 2023
Website | + posts




ताजा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने