गृहमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनर्निर्माण क्षेत्रको अवलोकन

गृहमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनर्निर्माण क्षेत्रको अवलोकन : Icon Khabar

काठमाडौं, असार १६ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज (शनिबार) भूकम्पपछि पुनर्निर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेको छ ।

सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनर्निर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो ।

चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीय स्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो । भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा भएको पुनर्निर्माण तथा भूकम्पको अध्ययन अवलोकन गर्नका लागि वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन् । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 July 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने