आजदेखि सूर्यविनायकमा तीनदिने घरेलु तथा पर्यटन मेला सुरु, नगर प्रमुख थापाद्वारा उद्घाटन

आजदेखि सूर्यविनायकमा तीनदिने घरेलु तथा पर्यटन मेला सुरु, नगर प्रमुख थापाद्वारा उद्घाटन : Icon Khabar

भक्तपुर, असार १५ । आजदेखि सूर्यविनायक नगरपालिकामा तीनदिने घरेलु तथा पर्यटन मेला सुरु भएको छ । भक्तपुरको आदर्श चोक हरित कृषि तथा थोक बजारमा सो मेला सुरू भएको हो।

सूर्यविनायक नगरपालिकाको आयोजनामा तथा भक्तपुर घरेलु तथा साना उद्योगसंघको संयोजन, भक्पुर पर्यटन विकास समितिको प्रवद्र्धनमा कृषिसँग पर्यटन र बेरोजगारलाई उद्यमसँग जोड्ने उद्देश्यका साथ आज (शुक्रबार)बाट भक्तपुर सूर्यविनायक नगरपालिका ८ आदर्शस्थित हरित कृषि थोक बजारमा तीनदिने मेला सुरु भएको हो ।

९० वटा स्टल रहेको सो मेलामा १० हजारले अवलोकन गर्ने आँकलन गरिएको छ । मेला समारोह उद्घाटनलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले नगरपालिकालाई आत्मनिर्भर बनाउन मेलाले सहयोग पुर्याउने बताए ।

नगरपालिका च्याउ,कुरिलो, आलु र अन्य तरकारीमा आत्मनिर्भर बनेको बताउँदै उनले अन्य उपभोग्य वस्तुमा पनि आत्मनिर्भरताका लागि अघि बढ्ने बताए । ‘कृषिलाई विशेष प्राथमिकता दिएर अघि बढाउन हामी लागि परेका छौँ । कृषियोग्य जमिन नछुट्याए पनि खालि जमिनलाई व्यवस्थित गछौँ,’ उनले भने ।

यस्तै, उपप्रमुख तथा मेलाकी मूल संयोजक सरिता भट्टराईले किसानलाई पहिलो प्राथमिकतामा राखेको बताइन्। किसानविना हामी जोकोही पनि बाँच्न नसक्ने उनले बताइन् । मेलाले सबै व्यवसायीलाई एउटै छानामुनि राखी प्रवद्र्धन गर्न सहयोग गर्ने उनको भनाइ छ । मेलाले नगरपालिकालाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भनेर सहयोग गर्ने बताउँदै उद्यमीलाई प्रवद्र्धन गर्ने बताइन् ।

उक्त मेला यहि असार १७ गते सम्म संचालन भई समापन हुनेछ।

Published Date: 30 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर