आजदेखि सूर्यविनायकमा तीनदिने घरेलु तथा पर्यटन मेला सुरु, नगर प्रमुख थापाद्वारा उद्घाटन

आजदेखि सूर्यविनायकमा तीनदिने घरेलु तथा पर्यटन मेला सुरु, नगर प्रमुख थापाद्वारा उद्घाटन : Icon Khabar

भक्तपुर, असार १५ । आजदेखि सूर्यविनायक नगरपालिकामा तीनदिने घरेलु तथा पर्यटन मेला सुरु भएको छ । भक्तपुरको आदर्श चोक हरित कृषि तथा थोक बजारमा सो मेला सुरू भएको हो।

सूर्यविनायक नगरपालिकाको आयोजनामा तथा भक्तपुर घरेलु तथा साना उद्योगसंघको संयोजन, भक्पुर पर्यटन विकास समितिको प्रवद्र्धनमा कृषिसँग पर्यटन र बेरोजगारलाई उद्यमसँग जोड्ने उद्देश्यका साथ आज (शुक्रबार)बाट भक्तपुर सूर्यविनायक नगरपालिका ८ आदर्शस्थित हरित कृषि थोक बजारमा तीनदिने मेला सुरु भएको हो ।

९० वटा स्टल रहेको सो मेलामा १० हजारले अवलोकन गर्ने आँकलन गरिएको छ । मेला समारोह उद्घाटनलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले नगरपालिकालाई आत्मनिर्भर बनाउन मेलाले सहयोग पुर्याउने बताए ।

नगरपालिका च्याउ,कुरिलो, आलु र अन्य तरकारीमा आत्मनिर्भर बनेको बताउँदै उनले अन्य उपभोग्य वस्तुमा पनि आत्मनिर्भरताका लागि अघि बढ्ने बताए । ‘कृषिलाई विशेष प्राथमिकता दिएर अघि बढाउन हामी लागि परेका छौँ । कृषियोग्य जमिन नछुट्याए पनि खालि जमिनलाई व्यवस्थित गछौँ,’ उनले भने ।

यस्तै, उपप्रमुख तथा मेलाकी मूल संयोजक सरिता भट्टराईले किसानलाई पहिलो प्राथमिकतामा राखेको बताइन्। किसानविना हामी जोकोही पनि बाँच्न नसक्ने उनले बताइन् । मेलाले सबै व्यवसायीलाई एउटै छानामुनि राखी प्रवद्र्धन गर्न सहयोग गर्ने उनको भनाइ छ । मेलाले नगरपालिकालाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भनेर सहयोग गर्ने बताउँदै उद्यमीलाई प्रवद्र्धन गर्ने बताइन् ।

उक्त मेला यहि असार १७ गते सम्म संचालन भई समापन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 June 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने