पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ : Icon Khabar

काठमाडौं, असार १५ । निर्माण व्यवसायी तथा पूर्वसांसद हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई पक्राउ गर्नुको खास कारण नखुले पनि ठगी मुद्दासँग सम्बन्धित रहेको दाबी गरेको छ ।

यसअघि रौनियारलाई भ्रष्टाचारको आरोप लागेपछि सन् २०१८ कात्तिकमा संसदबाट निलम्बन गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई नदीको पुल निर्माणमा आर्थिक अनियमितता र लापरवाही गरेको अभियोगमा उनीसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

२०१७ मा निर्माणको क्रममा पुल भत्किएको थियो। पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारले सरकारी ठेक्कामा पुल निर्माणको जिम्मेवारी पाएका थिए।

रौनियार यसअघि संघीय समाजवादी फोरम नेपालबाट सांसद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 June 2023
Website | + posts