पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ : Icon Khabar

काठमाडौं, असार १५ । निर्माण व्यवसायी तथा पूर्वसांसद हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई पक्राउ गर्नुको खास कारण नखुले पनि ठगी मुद्दासँग सम्बन्धित रहेको दाबी गरेको छ ।

यसअघि रौनियारलाई भ्रष्टाचारको आरोप लागेपछि सन् २०१८ कात्तिकमा संसदबाट निलम्बन गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई नदीको पुल निर्माणमा आर्थिक अनियमितता र लापरवाही गरेको अभियोगमा उनीसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

२०१७ मा निर्माणको क्रममा पुल भत्किएको थियो। पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारले सरकारी ठेक्कामा पुल निर्माणको जिम्मेवारी पाएका थिए।

रौनियार यसअघि संघीय समाजवादी फोरम नेपालबाट सांसद बनेका थिए ।

Published Date: 30 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर