आज बिहान पहिरो खसेपछि कान्ति राजमार्गमा सवारी आवागमन अवरुद्ध

आज बिहान पहिरो खसेपछि कान्ति राजमार्गमा सवारी आवागमन अवरुद्ध : Icon Khabar

मकवानपुर, असार १५ । ललितपुरको भट्टेडाँडास्थित बागमती पुल नजिक आज बिहान पहिरो खसेपछि कान्ति राजमार्गको एक खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।

उक्त स्थान ललितपुर र मकवानपुर जिल्लाको सिमाना क्षेत्रबाट करिब दुई किलोमिटर टाढा छ । मौसममा सुधार आएपछि पहिरो हटाउन सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

त्यस्तै, हेटौंडाबाट काठमाडौं आउँदै गरेका सवारी चालकलाई थिङगान क्षेत्रमा रोक्न प्रहरीले आग्रह गरेको छ । त्यसैगरी मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो खसेपछि काठमाडौंबाट चितवन जाने सबै सवारीसाधन त्रिभुवन राजमार्गमा डाइभर्ट गरिएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 June 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला