आज बिहान पहिरो खसेपछि कान्ति राजमार्गमा सवारी आवागमन अवरुद्ध

आज बिहान पहिरो खसेपछि कान्ति राजमार्गमा सवारी आवागमन अवरुद्ध : Icon Khabar

मकवानपुर, असार १५ । ललितपुरको भट्टेडाँडास्थित बागमती पुल नजिक आज बिहान पहिरो खसेपछि कान्ति राजमार्गको एक खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।

उक्त स्थान ललितपुर र मकवानपुर जिल्लाको सिमाना क्षेत्रबाट करिब दुई किलोमिटर टाढा छ । मौसममा सुधार आएपछि पहिरो हटाउन सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

त्यस्तै, हेटौंडाबाट काठमाडौं आउँदै गरेका सवारी चालकलाई थिङगान क्षेत्रमा रोक्न प्रहरीले आग्रह गरेको छ । त्यसैगरी मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो खसेपछि काठमाडौंबाट चितवन जाने सबै सवारीसाधन त्रिभुवन राजमार्गमा डाइभर्ट गरिएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

Published Date: 30 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग