उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा चीनमा बिहिबार रात्रिभोजको आयोजना

उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा चीनमा बिहिबार रात्रिभोजको आयोजना : Icon Khabar

छेन्दु, असार १५ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्तका सचिव वाङ सियाओहुईले बिहीबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्।

सिचुवान जिन्जियाङ होटलमा आयोजित रात्रिभोजमा सिचुवान प्रान्त र सीएनपीका वरिष्ठ अधिकारीहरू उपप्रधानमन्त्रीसँग सामेल भएका थिए।

यसअघि उपप्रधानमन्त्री ज्ञवालीले छेङ्दुमा आयोजना भएको १९औँ पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला र जाइन्ट पाण्डा प्रजननको छेङ्दु अनुसन्धान केन्द्रको अवलोकन गरेका थिए। सो अवसरमा उनले हाल करिब २ सय पाण्डाको बसोबास रहेको उक्त केन्द्रका अधिकारीहरुले पाण्डा संरक्षणका लागि चिनियाँ सरकारले गरेको प्रयासका बारेमा जानकारी गराएका थिए । पाण्डा सुविधाले हरेक दिन ठूलो संख्यामा आगन्तुकहरू तान्ने गरेको छ।

हाल चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचुवान प्रान्त विश्वविद्यालयका पदाधिकारीहरूसँग भेटघाट र त्यहाँका विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Published Date: 30 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग