उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा चीनमा बिहिबार रात्रिभोजको आयोजना

उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा चीनमा बिहिबार रात्रिभोजको आयोजना : Icon Khabar

छेन्दु, असार १५ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्तका सचिव वाङ सियाओहुईले बिहीबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्।

सिचुवान जिन्जियाङ होटलमा आयोजित रात्रिभोजमा सिचुवान प्रान्त र सीएनपीका वरिष्ठ अधिकारीहरू उपप्रधानमन्त्रीसँग सामेल भएका थिए।

यसअघि उपप्रधानमन्त्री ज्ञवालीले छेङ्दुमा आयोजना भएको १९औँ पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला र जाइन्ट पाण्डा प्रजननको छेङ्दु अनुसन्धान केन्द्रको अवलोकन गरेका थिए। सो अवसरमा उनले हाल करिब २ सय पाण्डाको बसोबास रहेको उक्त केन्द्रका अधिकारीहरुले पाण्डा संरक्षणका लागि चिनियाँ सरकारले गरेको प्रयासका बारेमा जानकारी गराएका थिए । पाण्डा सुविधाले हरेक दिन ठूलो संख्यामा आगन्तुकहरू तान्ने गरेको छ।

हाल चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचुवान प्रान्त विश्वविद्यालयका पदाधिकारीहरूसँग भेटघाट र त्यहाँका विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 June 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने