सूर्यविनायक नगरपालिकाले ल्यायो २ अर्ब १० करोड ५० लाखको बजेट

सूर्यविनायक नगरपालिकाले ल्यायो २ अर्ब १० करोड ५० लाखको बजेट : Icon Khabar

भक्तपुर, असार १० । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १० करोड ५० लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।

आइतबार उपप्रमुख सरिता तिमल्सिना भट्टराईले प्रस्तुत गरेको बजेटमा पूँंजीगत तर्फ १ अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालू तर्फ ९८ करोड ५७ लाख विनियोजन भएको छ ।

बजेट वक्तव्यमा नगपालिका अन्तर्गत कम्तिमा २ ओटा सामुदायिक बिद्यालयलाइ कार्यविधि निर्माण गरि नमुना बिद्यालय बनाउन १ करोड बिनियोजन गरेको उल्लेख छ।

खेलकुद पूर्वाधार निर्माण गर्न नगरपालिका अन्तर्गतको नंखेल ९ वडामा रंगशाला निर्माण र वडा नम्बर ७ मा नगरस्तरीय खेलमैदान निर्माण गर्न ४ करोड बिनियोजन गरेको छ।

साथै स्वास्थ्य अन्तर्गत नगरपालिको सुर्यविनायक नगर अस्पतालबाट गुणस्तरीय सेवाकोलागि ९ करोड ५४ लाख बिनियोजन गरेको छ भने स्वास्थ्य बिमा अन्तर्गत नगर क्षेत्र भित्र स्थायी बसोबास गरेकालाइ परिवारमा लाग्ने बिमारकम मध्ये १००० रुपया नगरपालिका व्यहोर्ने व्यवस्था लाइ निरन्तरता दिने उल्लेख छ ।

सूर्यविनायकले कूल बजेट मध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट १ अर्व १० करोड ६९ लाख, जिल्ला समन्वय समितिबाट २ करोड, संघ सरकारको तर्फबाट ८४ करोड ४२ लाख र बागमती प्रदेश सरकारको तर्फबाट १३ करोड ३८ लाख कुल बजेटको स्रोत व्यवस्थापन हुने उल्लेख छ ।

हेर्नुहोस् पूर्णपाठः

https://drive.google.com/file/d/187cZx0bP60Pa0VTxPRm_CkZjP2z84eYV/view

Published Date: 25 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु