सूर्यविनायक नगरपालिकाले ल्यायो २ अर्ब १० करोड ५० लाखको बजेट

सूर्यविनायक नगरपालिकाले ल्यायो २ अर्ब १० करोड ५० लाखको बजेट : Icon Khabar

भक्तपुर, असार १० । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १० करोड ५० लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।

आइतबार उपप्रमुख सरिता तिमल्सिना भट्टराईले प्रस्तुत गरेको बजेटमा पूँंजीगत तर्फ १ अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालू तर्फ ९८ करोड ५७ लाख विनियोजन भएको छ ।

बजेट वक्तव्यमा नगपालिका अन्तर्गत कम्तिमा २ ओटा सामुदायिक बिद्यालयलाइ कार्यविधि निर्माण गरि नमुना बिद्यालय बनाउन १ करोड बिनियोजन गरेको उल्लेख छ।

खेलकुद पूर्वाधार निर्माण गर्न नगरपालिका अन्तर्गतको नंखेल ९ वडामा रंगशाला निर्माण र वडा नम्बर ७ मा नगरस्तरीय खेलमैदान निर्माण गर्न ४ करोड बिनियोजन गरेको छ।

साथै स्वास्थ्य अन्तर्गत नगरपालिको सुर्यविनायक नगर अस्पतालबाट गुणस्तरीय सेवाकोलागि ९ करोड ५४ लाख बिनियोजन गरेको छ भने स्वास्थ्य बिमा अन्तर्गत नगर क्षेत्र भित्र स्थायी बसोबास गरेकालाइ परिवारमा लाग्ने बिमारकम मध्ये १००० रुपया नगरपालिका व्यहोर्ने व्यवस्था लाइ निरन्तरता दिने उल्लेख छ ।

सूर्यविनायकले कूल बजेट मध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट १ अर्व १० करोड ६९ लाख, जिल्ला समन्वय समितिबाट २ करोड, संघ सरकारको तर्फबाट ८४ करोड ४२ लाख र बागमती प्रदेश सरकारको तर्फबाट १३ करोड ३८ लाख कुल बजेटको स्रोत व्यवस्थापन हुने उल्लेख छ ।

हेर्नुहोस् पूर्णपाठः

https://drive.google.com/file/d/187cZx0bP60Pa0VTxPRm_CkZjP2z84eYV/view

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 June 2023
Website | + posts