आगामी असार १५ गतेदेखि “सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८०” हुने

आगामी असार १५ गतेदेखि “सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८०” हुने : Icon Khabar

भक्तपुर, असार १० । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवर्द्वन तथा बायोब्यगस् नेपालको प्रायोजनमा सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० को आयोजना हुने भएको छ। यहि असार १५ देखि तीन दिनसम्म उक्त मेला हुन लागेको हो ।

मेलामा भक्तपुरका लघु घरेलु, साना उद्यमी एवं महिला उद्यमीका उत्पादनहरु, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायीहरु, स्थानीय मौलिक उत्पादनहरु जु जु धौ, ताइचिन चिउरा, कालो भादगाउँले टोपी, माटाका भाँडा कुँडाका उत्पादन, कृषि उत्पादन तथा उपज र प्रविधि, हस्तकलाका उत्पादनहरु, काष्ठकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु, मौलिक नेवारी खाजा समयबजी, योमरी, चतामरी, बारासहितको फुड फेस्टिभल, मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुत, स्थानीय गायक गायिकाहरुको म्युजिक फेस्टिभल, मेलामा ९० वटा स्टल रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 June 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला