पाँचथरमा बाढी र पहिरोका कारण १ सय १९ परिवार प्रभावित

पाँचथरमा बाढी र पहिरोका कारण १ सय १९ परिवार प्रभावित : Icon Khabar

पाँचथर, असार ९ । पाँचथरमा बाढी र पहिरोका कारण चार स्थानीय तहका १ सय १९ परिवार प्रभावित भएका छन् ।

सुरक्षा निकायले संकलन गरेको तथ्यांकअनुसार जिल्लाका १९९ परिवारका ५ सय ७४ सदस्य प्राकृतिक प्रकोपबाट प्रभावित भएका छन् । तीमध्ये १४ घरपरिवारका ५९ सदस्य पूर्ण रूपमा विस्थापित भएका छन् ।

त्यस्तै जिल्लाका ८६ घरधुरी विस्थापित हुने उच्च जोखिममा छन् । त्यसैगरी बाढी र पहिरोका कारण १९ घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंगरातीले जानकारी दिनुभयो । जिल्लामा हाल ५ सय ७४ नागरिक घरबारबाट विस्थापित भएका छन् ।

बाढीले ६ पक्की पुल, एउटा बेली ब्रिज र आठ झोलुङ्गे पुल बगाएको छ । पुलमा क्षति पुगेपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर करिडोरको माझिटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–चाङ्थापु खण्ड अवरुद्ध भएको छ ।

दर्जनौं ग्रामीण सडकमा सवारी आवागमन पनि प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मंगरातीले बताए । हालसम्म एक विद्यालय, तीन गोठ र ​​४६ वटा गोठ बाढीले बगाएको छ । जिल्ला प्राकृतिक प्रकोप समितिले विस्थापित सबै परिवारलाई राहत सामग्री पुर्‍याएको छ । बालीमा भएको क्षतिको विवरण संकलन भइसकेको छैन । जिल्लामा बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

Published Date: 24 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु