पाँचथरमा बाढी र पहिरोका कारण १ सय १९ परिवार प्रभावित

पाँचथरमा बाढी र पहिरोका कारण १ सय १९ परिवार प्रभावित : Icon Khabar

पाँचथर, असार ९ । पाँचथरमा बाढी र पहिरोका कारण चार स्थानीय तहका १ सय १९ परिवार प्रभावित भएका छन् ।

सुरक्षा निकायले संकलन गरेको तथ्यांकअनुसार जिल्लाका १९९ परिवारका ५ सय ७४ सदस्य प्राकृतिक प्रकोपबाट प्रभावित भएका छन् । तीमध्ये १४ घरपरिवारका ५९ सदस्य पूर्ण रूपमा विस्थापित भएका छन् ।

त्यस्तै जिल्लाका ८६ घरधुरी विस्थापित हुने उच्च जोखिममा छन् । त्यसैगरी बाढी र पहिरोका कारण १९ घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंगरातीले जानकारी दिनुभयो । जिल्लामा हाल ५ सय ७४ नागरिक घरबारबाट विस्थापित भएका छन् ।

बाढीले ६ पक्की पुल, एउटा बेली ब्रिज र आठ झोलुङ्गे पुल बगाएको छ । पुलमा क्षति पुगेपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर करिडोरको माझिटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–चाङ्थापु खण्ड अवरुद्ध भएको छ ।

दर्जनौं ग्रामीण सडकमा सवारी आवागमन पनि प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मंगरातीले बताए । हालसम्म एक विद्यालय, तीन गोठ र ​​४६ वटा गोठ बाढीले बगाएको छ । जिल्ला प्राकृतिक प्रकोप समितिले विस्थापित सबै परिवारलाई राहत सामग्री पुर्‍याएको छ । बालीमा भएको क्षतिको विवरण संकलन भइसकेको छैन । जिल्लामा बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2023
Website | + posts