पर्वतको महाभिर क्षेत्रमा पहाडमाथिबाट ढुंगा खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको महाभिर क्षेत्रमा पहाडमाथिबाट ढुंगा खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध : Icon Khabar

पर्वत, असार ९ । मध्यपहाडी लोकमार्गको पोखरा–पर्वत खण्ड पर्वतको मोदी गाउँपालिका–६ स्थित महाभिरमा पहाडमाथिबाट ढुंगा खसेपछि आज बिहानदेखि अवरुद्ध भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण बिहानै सडकमा ढुंगा खसेको छ । अवरुद्ध सडक खुलाउन मेसिनरी र जनशक्ति परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन नेउरेले बताए ।

जसका कारण पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आउने सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने पर्वत बाहिर जाने सवारीसाधन दिमुवामा रोकिएका छन् । उक्त क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण कतिपय ग्रामीण सडकमा पनि सवारी आवागमन प्रभावित भएको छ ।

Published Date: 24 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग