पर्वतको महाभिर क्षेत्रमा पहाडमाथिबाट ढुंगा खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको महाभिर क्षेत्रमा पहाडमाथिबाट ढुंगा खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध : Icon Khabar

पर्वत, असार ९ । मध्यपहाडी लोकमार्गको पोखरा–पर्वत खण्ड पर्वतको मोदी गाउँपालिका–६ स्थित महाभिरमा पहाडमाथिबाट ढुंगा खसेपछि आज बिहानदेखि अवरुद्ध भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण बिहानै सडकमा ढुंगा खसेको छ । अवरुद्ध सडक खुलाउन मेसिनरी र जनशक्ति परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन नेउरेले बताए ।

जसका कारण पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आउने सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने पर्वत बाहिर जाने सवारीसाधन दिमुवामा रोकिएका छन् । उक्त क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण कतिपय ग्रामीण सडकमा पनि सवारी आवागमन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2023
Website | + posts