यौन सम्बन्ध र त्यसबाट हुन सक्ने जोखिम

यौन सम्बन्ध र त्यसबाट हुन सक्ने जोखिम : Icon Khabar

काठमाडौँ, असार ८ । धेरै महिला तथा पुरुषहरु यौन सम्बन्धलाई सामान्य रुपमा लिन्छन् । यौन सम्पर्क र त्यसबाट हुनसक्ने रोगको जोखिमबारे वास्ता गर्दैनन् । आफुले चिनीरहेको, आफ्नो नजिक रहेको सबै बानीहरुमा जानकार रहेको भन्दै उनीहरु यौन सम्बन्धको विषयमा धेरै कुरा सोच्दैनन् ।

एकअर्काप्रतिको आकर्षण र विश्वासलाई मात्र आधार बनाएर युवायुवतीहरु यौन सम्बन्ध बनाउँछन् । जसको कारण उनीहरु यौनजन्य रोगको सिकार बन्न पुग्छन् । आज हामी तपाईलाई यौन रोगबारे विस्वास नै गर्न नसकीने तर सत्य कुरा जानकारी गराउँदैछौं ।

यौन सम्बन्ध राख्नु अघि थाहा पाउनुपर्ने ६ यथार्थ

–पहिलो यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ।

–आफ्नैले चिनीरहेको साथीसँगको यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ।

–कसैको अनुहार हेरेर यौन रोग रहे नरहेको अनुमान गर्न सकिदैन।

–एकजना व्यक्तिलाई एक पटकको यौन सम्पर्कमा पनि धेरै किसिमको यौन रोग लाग्ने सम्भावना रहन्छ।

–एकै व्यक्तिलाई धेरै पटक यौन रोग लाग्न सक्छ।

–यौनाङ्ग र मुखको सम्पर्क भएमा यौन रोगको जोखिम उच्च हुन्छ ।

यौन सम्पर्कको माध्यमबाट एकअर्कामा यौनरोगहरु सर्न सक्ने भएकाले युवा युवातीहरुले यौन सम्बन्ध राख्नु अघि यी विषयमा सचेत हुनुपर्छ ।आफुमा वा आफ्नो पार्टनरमा यौन रोग छ वा छैन भनेर चिकित्सकको सल्लाहर परामर्श लिएर परीक्षण गर्दा यौन रोगको उपचार हुन्छ । यस्तै एकआर्कामा यौन रोग सर्ने जोखिम पनि रहदैन ।

Published Date: 23 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग