यौन सम्बन्ध र त्यसबाट हुन सक्ने जोखिम

यौन सम्बन्ध र त्यसबाट हुन सक्ने जोखिम : Icon Khabar

काठमाडौँ, असार ८ । धेरै महिला तथा पुरुषहरु यौन सम्बन्धलाई सामान्य रुपमा लिन्छन् । यौन सम्पर्क र त्यसबाट हुनसक्ने रोगको जोखिमबारे वास्ता गर्दैनन् । आफुले चिनीरहेको, आफ्नो नजिक रहेको सबै बानीहरुमा जानकार रहेको भन्दै उनीहरु यौन सम्बन्धको विषयमा धेरै कुरा सोच्दैनन् ।

एकअर्काप्रतिको आकर्षण र विश्वासलाई मात्र आधार बनाएर युवायुवतीहरु यौन सम्बन्ध बनाउँछन् । जसको कारण उनीहरु यौनजन्य रोगको सिकार बन्न पुग्छन् । आज हामी तपाईलाई यौन रोगबारे विस्वास नै गर्न नसकीने तर सत्य कुरा जानकारी गराउँदैछौं ।

यौन सम्बन्ध राख्नु अघि थाहा पाउनुपर्ने ६ यथार्थ

–पहिलो यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ।

–आफ्नैले चिनीरहेको साथीसँगको यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ।

–कसैको अनुहार हेरेर यौन रोग रहे नरहेको अनुमान गर्न सकिदैन।

–एकजना व्यक्तिलाई एक पटकको यौन सम्पर्कमा पनि धेरै किसिमको यौन रोग लाग्ने सम्भावना रहन्छ।

–एकै व्यक्तिलाई धेरै पटक यौन रोग लाग्न सक्छ।

–यौनाङ्ग र मुखको सम्पर्क भएमा यौन रोगको जोखिम उच्च हुन्छ ।

यौन सम्पर्कको माध्यमबाट एकअर्कामा यौनरोगहरु सर्न सक्ने भएकाले युवा युवातीहरुले यौन सम्बन्ध राख्नु अघि यी विषयमा सचेत हुनुपर्छ ।आफुमा वा आफ्नो पार्टनरमा यौन रोग छ वा छैन भनेर चिकित्सकको सल्लाहर परामर्श लिएर परीक्षण गर्दा यौन रोगको उपचार हुन्छ । यस्तै एकआर्कामा यौन रोग सर्ने जोखिम पनि रहदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts




ताजा
निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छनः गृहमन्त्री
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित