अब वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क

अब वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क : Icon Khabar

काठमाडौं, असार ८ । आजदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय रुपयाँ लिने गरिएको थियो । तर, क्याबिन र आइसियू बेडको भने शुल्क लाग्नेछ । जनरल बेड सबै निःशुल्क गर्दा वार्षिक ५ करोड खर्च हुने जनाइएको हो।

सरकारले बिहीबार उपकुलपतिमा डा भुपेन्द्र बस्नेत, रेक्टरमा डा. लोचन कार्की, रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त गरेको थियो ।

Published Date: 23 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग