नेदरल्यान्ड्सलाई जित्नै पर्ने दबाबमा नेपाल

नेदरल्यान्ड्सलाई जित्नै पर्ने दबाबमा नेपाल : Icon Khabar

काठमाडौँ, असार ९ । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गन आफ्नो समूह चरण अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपाललाई समूह ए बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न यस खेल जित्नै पर्ने हुन्छ ।

नेपाल पराजित भएको खण्डमा भने समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । उता नेदरल्यान्ड्स नेपाललाई हराउँदै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

अमेरिकालाई ६ विकेटले हराएको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो । नेपाल सुपर सिक्समा पुग्न नेदरल्यान्ड्स अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग पराजित हुनुपर्ने हुन्छ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान) कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद ।

नेदरल्यान्ड्सको टोली :

स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।

Published Date: 24 June 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड