गल्फ टोली प्रशिक्षणका लागि भारत जाँदै

गल्फ टोली प्रशिक्षणका लागि भारत जाँदै : Icon Khabar

काठमाडौं, असार ८ । १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली शनिबार वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाँदैछ ।

प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देल सहित ६ सदस्यीय नेपाली टोली तरुण सरदेसाई गल्फ एकेडेमीमा तीन महिनाको विशेष प्रशिक्षणमा सहभागी हुनेछ ।

नेपाल नम्बर १ प्रो राई हाल जर्मनीको ड्रेसडेनमा प्रशिक्षणमा रहेका छन् र उनी एक महिना पश्चात बैंगलुरु पुग्ने नेपाल गल्फ संघका सदस्य तथा युवा विकास निर्देशक दिपक आचार्यले जानकारी दिए । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले शुक्रबार बिदाइ गरे । गल्फ खेलाडीहरूले प्रशिक्षणको क्रममा फिजिकल फिटनेस, न्युट्रिसन र मनोवैज्ञानिक सत्रका साथ तालिम लिनेछन् ।

गल्फ खेलाडीहरू सेप्टेम्बर २० सम्म तरुण सरदेसाई गल्फ एकेडेमीमा रहने छन् र सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने हाङ्झाओ एसियाली खेलकुदमा सहभागी हुनेछन् । एकेडेमीका निर्देशक तथा पूर्व भारतीय प्रोफेसनल गल्फर तरुण सरदेसाईको नेतृत्वमा प्रशिक्षण हुनेछ । प्रशिक्षण दौरान प्रत्येक साता प्रतियोगिता पनि हुनेछ ।

यसैबीच सुवास र सदभावले अर्किड कन्ट्री क्लबमा जुलाई १५ देखि १९ सम्म हुने सिंगापुर एमेच्योर ओपनमा समेत सहभागी हुनेछन् । एनजीएले गल्फ खेलको विकासमा गरेको कार्य उदाहरणीय रहेको र अन्य राष्ट्रिय संघले पनि यसरी नै काम गर्नुपर्ने सदस्य सचिव घिसिङले बताए । “हामी टोलीका लागि हवाई भाडा र प्रशिक्षण लगायत सबै व्यवस्थापन गर्नेछौं र यसको बदलामा खेलाडीहरूबाट नतिजा चाहन्छौं,’’ उनले थपे ।

एनजीए अध्यक्ष घलेले बैंगलुरुमा बन्द शिविरको व्यवस्थापनको लागि परिषदलाई धन्यवाद दिए । “वर्षाको मौसम र उपकरणको अभावले हामी यहाँ प्रशिक्षण गर्न सक्दैनौं । हामीले दक्षिण एसियाली खेलकुद अघि दुई हप्ताको तालिम लिएका थियौं र त्यो खेलाडीहरूको लागि फलदायी थियो ।’’ उनले भने– “खेलाडीहरूले आगामी तीन महिना सेनाजस्तै कडा मिहिनेत गर्नुपर्ने छ । नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

Published Date: 23 June 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा