त्रिविका सहायक प्राध्यापक प्रेम चलाउनेद्वारा अनशन स्थगन

त्रिविका सहायक प्राध्यापक प्रेम चलाउनेद्वारा अनशन स्थगन : Icon Khabar

काठमाडौं, असार ८ । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका सहायक प्राध्यापक प्रेम चलाउनेले अनशन स्थगन गरेका छन् । सरकारले आफ्ना आक्रमणकारीमाथिको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै चालौने विगत पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि अनसन बसेका थिए ।

सर्वोच्च अदालतले बिहीबार चलाउने आक्रमणकारीविरुद्ध दायर मुद्दा फिर्ता नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । सर्वोच्चले मुद्दा फिर्ता लिनुको कारण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

चलाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा पुगेका थिए । उनले मुद्दा फिर्ता लिने सरकारको निर्णय तर्कसंगत नभएको र अपराधीलाई संरक्षण गर्ने खालको भएको भन्दै सरकारको निर्णय तत्काल रोक्न माग गरे ।

२०७९ असोज २० गते नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का हरि आचार्यसहितको समूहले चालौनेलाई कुटपिट गरी गम्भीर घाइते बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु