त्रिविका सहायक प्राध्यापक प्रेम चलाउनेद्वारा अनशन स्थगन

त्रिविका सहायक प्राध्यापक प्रेम चलाउनेद्वारा अनशन स्थगन : Icon Khabar

काठमाडौं, असार ८ । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका सहायक प्राध्यापक प्रेम चलाउनेले अनशन स्थगन गरेका छन् । सरकारले आफ्ना आक्रमणकारीमाथिको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै चालौने विगत पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि अनसन बसेका थिए ।

सर्वोच्च अदालतले बिहीबार चलाउने आक्रमणकारीविरुद्ध दायर मुद्दा फिर्ता नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । सर्वोच्चले मुद्दा फिर्ता लिनुको कारण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

चलाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा पुगेका थिए । उनले मुद्दा फिर्ता लिने सरकारको निर्णय तर्कसंगत नभएको र अपराधीलाई संरक्षण गर्ने खालको भएको भन्दै सरकारको निर्णय तत्काल रोक्न माग गरे ।

२०७९ असोज २० गते नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का हरि आचार्यसहितको समूहले चालौनेलाई कुटपिट गरी गम्भीर घाइते बनाएको थियो ।

Published Date: 23 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु