टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेका सबै यात्रुको ‘निधन’

टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेका सबै यात्रुको ‘निधन’ : Icon Khabar

काठमाडौँ, असार ८ । अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन्। उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ।

एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए।

यो साताको सुरुमा पानीमुनि आवाज सुनिएको खबर आएपछि उक्त जहाजमा रहेकाहरू अझै जीवित छन् कि भन्ने आशा जागेको थियो।
उक्त जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुईजना ब्रिटिश-पाकिस्तानी, एक जना ब्रिटिश व्यापारी र एक जना फ्रान्सेली अन्वेषक यात्रारत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts


ताजा
सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब
जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो
निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो
‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु