विगतको जस्तो मल अभाव हुने अवस्था छैन: प्रधानमन्त्री दाहाल

विगतको जस्तो मल अभाव हुने अवस्था छैन: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, असार ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो वर्ष धान बालीका लागि मल अभाव नहुने बताएका छन्। दाहालले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको बताए।

संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts