विगतको जस्तो मल अभाव हुने अवस्था छैन: प्रधानमन्त्री दाहाल

विगतको जस्तो मल अभाव हुने अवस्था छैन: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, असार ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो वर्ष धान बालीका लागि मल अभाव नहुने बताएका छन्। दाहालले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको बताए।

संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’

Published Date: 23 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु