देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको छ: प्रधानमन्त्री दाहाल

देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौँ, असार ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिमानाको सुरक्षाको लागि सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सांसद अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन्।

देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालगायत राष्ट्रिय हितको रक्षाका लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताए ।

अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरूको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको बताए । प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षमै १० वटा बोर्डर आउटपोस्टहरू निर्माण सम्पन्न हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति