डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा बागमती प्रदेश

डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा बागमती प्रदेश : Icon Khabar

हेटौँडा, असार ८ । गत वर्षझैँ यो वर्ष पनि बागमती प्रदेश डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ। यो वर्षको मनसुन सुरु भइसकेकाले अधिक वर्षा हुनुपूर्व नै डेङ्गु रोगको स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्ष जस्तै यस प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने अध्ययनले निष्कर्ष निकालेको हो।

गत वर्ष डेङ्गुबाट अति प्रभावित बागमती प्रदेशका पाँच जिल्लाका विभिन्न स्थानमा गरिएको कीटजन्य रोग सार्ने परजीवीको निगरानीका लागि गरिएको अध्ययनले डेङ्गु रोगको सङ्क्रमणको जोखिम उच्च देखाएको हो। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको प्राविधिक सहयोगमा गरेको अध्ययनले महामारी फैलन नदिन वर्षाअघि नै डेङ्गु रोग सङ्क्रमण गर्ने लामखुट्टेको लार्भा, प्युपा स्रोतमै नष्ट र नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले बुधबार हेटौँडामा आयोजना गरेको बागमती प्रदेशका जिल्लाहरूमा किटजन्य रोगको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अध्ययनमा भेटिएको डेङ्गु रोग सङ्क्रमण गर्ने लामखुट्टेको लार्भाको सूचकाङ्क डेङ्गु रोग महामारीको सूचक भएको बताइएको थियो।

केन्द्रले गरेको अध्ययनका क्रममा प्रदेशका विभिन्न पाँच स्थानमा ५४७ घरधुरी र पानी जम्मा भएका एक हजार ६२३ भाँडाको पानी जाँच गर्दा डेङ्गु पोजेटिभ न्यूनतम सीमाभन्दा बढी पाइएको कार्यक्रममा जानकारी गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts
ताजा
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू