बुधबार नेप्से परिसूचक १४.०५ अंकले घट्यो, कारोबार रकमको आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा

बुधबार नेप्से परिसूचक १४.०५ अंकले घट्यो, कारोबार रकमको आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा : Icon Khabar

काठमाडौँ, असार ६ । बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा अडिएको छ ।

आज करिब साढे ३ अर्बको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहमा लागनीकर्ताको आकर्षण बढी देखिएको छ । नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा सामान्य प्रभावित भएको छ ।

आज २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन डिष्टिलरी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 June 2023
Website | + posts