भारतीय शेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स ६३,५८८.३१ काे विन्दुमा पुग्यो

भारतीय शेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स ६३,५८८.३१ काे विन्दुमा पुग्यो : Icon Khabar

काठमाडौँ, असार ६ । बुधबार भारतीय शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । आजकाे सुरूवाती काराेबारमा अल टाइम हाई हुँदै सेन्सेक्स ६३,५८८.३१ काे विन्दुमा पुगेको छ ।

यसअघि,२०२२ डिसेम्बरमा सेन्सेक्सको अलटाईम हाई ६३,५८३.०७ पुगेकाे थियो। अहिले सेन्सेक्स १६२ अंकभन्दा बढीले बढेर ६३,४१२ को स्तरमा कारोबार भइरहेको छ । सेन्सेक्सका ३० स्टकमध्ये १६ काे शेयरमूल्य बढेकाे छ भने १४ वटाकाे शेयरमूल्य घटेकाे छ ।

सेन्सेक्ससँगै निफ्टी पनि हालसम्मकै उच्च विन्दुकाे नजिक छ । निफ्टीकाे हालसम्मकाे उच्च रेकर्ड १८,८८७.६०काे विन्दु हो। बुधबार सुरूवातकाे काराेबारमा निफ्टी १८,८५० विन्दुभन्दा माथि पुगेकाे थियाे । निफ्टीमा अधिकांश सेक्टरल परिसूचकहरू हरियो भएका छन्। यसैगरी, बैंक, अटोदेखि रियल्टी र मिडिया क्षेत्रमा उछाल आएको छ । हेल्थकेयर, फार्मा र मेटलमा भने गिरावट देखिएको छ। अहिले निफ्टी केहि घटेर निफ्टी १८,८२५ विन्दुमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 June 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने