सरोज खनालद्वारा निर्देशित फिल्म ‘बगान’को टिजर सार्वजनिक

सरोज खनालद्वारा निर्देशित फिल्म ‘बगान’को टिजर सार्वजनिक : Icon Khabar

काठमाडौं, असार ६ । सरोज खनालद्वारा निर्देशित फिल्म ‘बगान’को टिजर सार्वजनिक भएको छ ।

एकातिर करिश्मा मानन्धर र सरोज खनालको जोडी छन् भने अर्कोतिर आकाश श्रेष्ठ र प्रमिला कार्की छन् । करिश्माले यसमा एकल आमाको भूमिका निर्वाह गरेकी छन् । करिश्माको पात्रको नजरबाट भनिएको कथामा एकल महिलाको चाहना र संवेदनालाई पेश गरिएको छ ।

पशुपति वृद्धाश्रमको सेटिङमा प्रस्तुत फिल्म नारीप्रधान हो । सरोज खनालको यो पहिलो निर्देशकीय फिचर हो । फिल्मको टिजरले नीर शाह, मिथिला शर्मा र वसुन्धरा भुसाललाई पनि चित्रण गरेको छ । स्वप्न नीरवको पटकथा रहेको फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् । यो फिल्म असार २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 June 2023
Website | + posts




ताजा
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने