सरोज खनालद्वारा निर्देशित फिल्म ‘बगान’को टिजर सार्वजनिक

सरोज खनालद्वारा निर्देशित फिल्म ‘बगान’को टिजर सार्वजनिक : Icon Khabar

काठमाडौं, असार ६ । सरोज खनालद्वारा निर्देशित फिल्म ‘बगान’को टिजर सार्वजनिक भएको छ ।

एकातिर करिश्मा मानन्धर र सरोज खनालको जोडी छन् भने अर्कोतिर आकाश श्रेष्ठ र प्रमिला कार्की छन् । करिश्माले यसमा एकल आमाको भूमिका निर्वाह गरेकी छन् । करिश्माको पात्रको नजरबाट भनिएको कथामा एकल महिलाको चाहना र संवेदनालाई पेश गरिएको छ ।

पशुपति वृद्धाश्रमको सेटिङमा प्रस्तुत फिल्म नारीप्रधान हो । सरोज खनालको यो पहिलो निर्देशकीय फिचर हो । फिल्मको टिजरले नीर शाह, मिथिला शर्मा र वसुन्धरा भुसाललाई पनि चित्रण गरेको छ । स्वप्न नीरवको पटकथा रहेको फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् । यो फिल्म असार २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

Published Date: 21 June 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग