आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा विविध कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा विविध कार्यक्रम गरी मनाइँदै : Icon Khabar

काठमाडौं, असार ६ । अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जुन २१ मा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।

सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभाको निर्णय अनुसार २१ जुन २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभालाई सम्बोधन गर्दै सबैका लागि योग आवश्यक रहेको तर्क गर्दै जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्न आह्वान गर्ने प्रस्ताव राखेका थिए ।

नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्रीले योग दिवसको घोषणा गरेको आह्वानलाई सर्वप्रथम समर्थन गरेपछि संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्र र युरोपेली संघले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेका थिए ।

अन्तर्राष्ट्रिय योग दिवस स्थापना गर्ने मस्यौदा प्रस्तावलाई १७७ देशले अनुमोदन गरेका छन् । यो घोषणाको ९० दिनमा प्राप्त भएको मस्यौदा प्रस्तावलाई रेकर्ड उच्च समर्थन थियो। सन् २०१६ जुन २१ देखि विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले जनवरी १ लाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिहरुले सिकाएको योग नेपालमा लोप भयो । यसै क्षेत्रबाट पुनर्जागरण दिवस घोषणा गरी जनचेतनाको काम सुरु गरिएको छ ।

प्राचीन कालमा योग, ध्यान र आयुर्वेदको माध्यमबाट मानसिक शान्ति र स्थिरता र स्वास्थ्य प्राप्त गरिन्थ्यो।

Published Date: 21 June 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता